हावाहुरीले घरबारविहीन एकल महिला हिमसरालाई गोदावरी चेम्बरको सहयोग



 

कैलाली । गोदावरी चेम्बर अफ कर्मशले हावाहुरीबाट घरवारविहीन बनेकी एकल महिला हिमसरा बि।कलाई सहयोग गरेको छ । हावाहुरीका कारण हिमसराको परिवार बिचल्लीमा परेको खबर प्राप्त गरेपछि उनलाई खान र बस्नका लागि चेम्बर अफ कर्मशले सहयोग गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलानीकी हिमसरा जेठ २३ गतेको हावाहुरीले घर भत्काएपछि घरबारविहीन बनेकी थिइन् । स–साना ४ छोरा र १ छोरीकी आमा उनी माइतीले दिएको एक कठ्ठा जमिनमा सानो कच्ची घर बनाएर बस्दै आएकी थिइन् ।

 

हिमसराको दुःख देखेर उनलाई बस्नका लागि २ कोठे ट्रष्ट बनाउन लागेको गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष बिनोद मल्ल बिप्लभले जानकारी दिए । उनले यसका लागि नेपाल चेम्बर अफ कर्मशको तर्फवाट ५० हजार रुपैँया समेत सहयोग भएको र बाँकी सबै खर्च गोदावरी चेम्बर अफ कर्मशले ब्यहोर्ने बताए ।

चेम्बर अफ कर्मशका पदाधिकारीहरुले गएको शुक्रबार ट्रष्ट बनाउनका लागि चाहिने आवश्यक सामाग्रीसंगै चामल, दाल, नुन, तेल लगायत खाद्य सामाग्री, ओढ्ने, बिछ्याउने बिस्तरा र खाना पकाउन चाहिने भाँडाकुँडा हिमसरालाई हस्तान्तरण गरेको पनि अध्यक्ष मल्लले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्