प्रतिष्ठानमा उपचारको क्रममा एक विरामीको मुत्यु



राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारार्थ ४९ बर्षिया भिमी सारुको मृत्यु भएपछि तनाव भएको छ ।

बङगलाचुली गाँउपालिका वडा नम्वर ७ सिरुखर्ककी सारुलाई काम ज्वरो आउने,पखाला लाग्ने र पिसावमा समेत समस्या देखिपछि शनिबार उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

तर बिरामी गयरातिदेखि झन सिकिस्त भएकार उपचारका लागि कुनै स्वास्थ्यकर्मीहरुले चासो नदेखाएपछि बिरामीको मृत्यु भएको मृतकका श्रीमान टिकाराम सारुले बताउनुभयो ।

सारुको गयराती १बजे पिसाव बन्द भएको थियो । तर त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले चासो नदिएपछि उहाको बिहान ८ बजे मृत्यु भएको हो । बिरामीको उपचारमा संलग्न डाक्टर जीतनारायण यादव र डाक्टर दिनेश उप्रेती संलग्न हुनुहुथ्यो । पखालाको बिरामी र रक्तचाँप कम भएको कारण बिरामीको मृत्युभएको डाक्टर यादवले बताउनुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्