द्वन्द्व पिडितहरु भन्छन ःसरकार ‘ पैसा होईन ,आत्मसम्मान चाहेका छौ ? ’



 

गिरिराज नेपाली
दाङ २९ , भदौ
‘जसले हामी लाई बचाएका थिए । उनीहरु वाँचेन ..’ उनीहरुको निर्दोष मरण भो । तर उनीहरु लाई किन र कसले मारेको हो । त्यो अझै हामी चिन्दैनौ । त्यो राज्यले चाहादैन । तर अहिले राज्यले हाम्रा छोरा र श्रीमानहरु मारेर उनीहरुको मरण लाई पैसामा भुलाउन खोज्दैछ । 

हामीले त्यो हत्या र छोरा र श्रीमानको अनुहार लाई पैसा हेर्न सक्दैनौ । हामी आत्म सम्मान र उचित न्याय व्यावस्था गरिनु पर्छ । भन्दै घोराही उप–महानगरपालिका वडा नम्वर १७ की ३३ वर्षिया पार्वती चौधरीले गुनासो गरिन । उनले भनिन –‘अरुको काम गरे पनि हामीले पेट पालेका छौ ।’ मेरा श्रीमानको निषाप दे ? कसले मेरो श्रीमान लाई मारेको हो । यदी मान्छेको मरण र पिडा लाई लाई पैसामा साट्ने भए , हामी लाई पैसा चाहिदैन । हामी हाम्रा मान्छे दे होईन भने अन्याय निषाप दिलाईदे ।

चौधरीले भनिन न्यायका लागि बिबिस रेडियो देखी टिभि सम्मले हाम्रा पिडा बजे । तर राज्यले हाम्रा पिडा कहिले सुनेका छैनन । उनले राज्य लाई दोषी हो । तिमीले नै हैन , हिजो मेरो श्रीमान लाई मारेको । आज मेरो श्रीमानको हत्या किन ग¥यौ भन्दा किन जवाफ दिदैनौ । तिमिले दिएको पैसाले मेरो श्रीमान आत्ममा शान्ती पाउछ र ? उनले रुदै भनिन –‘राज्यले दोषी लाई कार्वाही नगरे सम्म मेरा श्रीमानको आत्मले शान्ती पाउला र ? एउटा छोरी छे होटेलमा भाँडा माझेर भए मैले उसलाई पढाएकी छु । तर मेरो श्रीमानको हत्यारा कार्वाही नभए सम्म मेरो मन पनि थामिदैन । मेरा श्रीमानको मृत आत्माले पनि शान्ती पाउदैन ।

मुलुकमा शान्ती आएको दश वर्ष भए वितिसक्दा , हाम्रा मनमा १० मिनेटमा पनि शान्ती आएको छैन । के गर्ने राज्य पिडित निरही बनि बसेको छ । खै कहिले हाम्रा लागि बोल्ने हो । हामीले शान्ती पाउने हौ । उनले भने वाँच्ने साहारा गुम्यो । अव गुमाउने पर्ने के छ र? जे भए पनि राज्यले उच्च आत्म सम्मान सहितको सामाजिक न्याय दिलाउनु पर्छ ।

त्यस्तै सोही ठाँउकी ५६ वर्षिय दिव्या चौधरी चौधरीले पनि उस्तै गुनासो पोख्दै भनिन –राज्यले कसका लागि शान्ती र न्यायको कुरा गरेको छ । जव सम्म हामीले शान्ती र न्यायको अननुभती गरेका छैनौ भने ? उनले भने मृतकका ११ जनाको सामुहिक मृतस्थलमा स्मृति पार्क निर्माण गरी मृतकहरु प्रति सम्मान र परिवारप्रति सामाजिक न्याय दिलाउछौ भन्थे । तर हिजो आज उनी कुरा पनि हराए । हामीले न्याय र सम्मानका , घटनाका लागि छानविनका लागि जति कुरा गरे पनि ‘नेताहरुले सुन्दैनन , सरकारले टेर्दैन । ’ 

हामीले न्यायको आश कस संग गर्ने । उनले भनिन हिजो पनि उही दुख थियो । आज पनि उही दुख नै हो । राज्यले द्वन्द्वका क्रममा मृतक , घाईते वेपत्ता भएका परिवार लाई उचित न्याय सहितको वालवच्चा लाई शिक्षादिक्षा , स्वास्थ्य सेवा सुविधा दिन्छे भन्थे । त्यो कसलाई थियो । अझै जहाँ मारेका हुन त्यहा राज्यले उस्तै अनुहारका शालिक वनाईदिन्छौ । त्यस पछि मृतक परिवारले आत्म सम्मान पाउने छ । वर्षाै वितिसक्यो अझै हामीले कुनै न्यायका कुनै रङ पाएका छैनौ । उनले भनिन – ‘ न मान्छे रहे , न हामी अहिले मान्छेको व्यावहार पाएका छौ र ’ राज्यले छानविनका निवेदन माग्यौ । तर त्यो पनि कुन कुनामा राखेको छ त्यो हामी जान्दैनौ ।

वेला–बेला मन भुलाउन धेरथोर पैसा दिन्छ । त्यसैमा हामी भुलाउन खोजेको छ । तर हामीले श्रीमान मारेको पैसाले रमाउनु छैन । छोरा छोरी पढाईदिए पुग्छ । तर दोषी लाई कार्वाही र मृतकका शालिक बनाईदिई त्यही हाम्रा न्याय र मृतकहरुको प्रति सम्मान हुने थियो । उनले अहिले जनप्रतिनिधिहरु आई सके , अव उनका काम हेर्न वाँकी छ । हामीले उनीहरु लाई भोट दिर्ई पठाएका हो । हाम्रा भोट लगेकाले हामी लाई न्याय दिन्छनकी दिदैन । भन्दै जनप्रतिनिधिहरु संग पनि गुनासो गरिन ।

वि.स. २०५८ साल मंसिर १३ गते वुधवार घोराहीको वर्गदीमा भएको सामुहिक हत्याकाण्डमा परी ज्यान गुमाएका ११ जनाको परिवारले परिवारहरुले न्याय र मृतकहरुले सम्मान पाउनु पर्ने वताए । गाँउ नै शुन्य पारी भएको हत्याकाण्ड वारे राज्यले नै लाचर वनेर वस्दा पिडितहरु अझै पिडामा छटपटाई रहेको उनीहरुको सामुहिक स्वर रहेको छ । उनले संक्रमकालिन न्याय भन्दा पनि हामी लाई पुर्ण न्याय र सम्मान चाहिएको उनीहरुको आवाज छ । हामी लाई गाँस वास होईन । मृतकको सम्मान चाहिएको छ ।

द्वन्द्वपिडितका छोरा÷छोरी लाई निशुल्क शिक्षा ः वडा अध्यक्ष पाण्डे
घोराही उप–महानगपालिका वडा नम्वर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले वडा नम्वर १५ का द्वन्द्वपिडितका छोरा छोरीहरु लाई निशुल्क शिक्षाको व्यावस्था गरिने वताएका छन । जनप्रतिनिधि र द्वन्द्वपिडितहरुको अन्र्तक्रियामा अध्यक्ष पाण्डेले घोराही उप–महानगरपालिका वडा नम्वर १५ का पिडितका छोराछोरी लाई निशुल्क अध्ययनको व्यावस्था गरिने वताएका छन । हरप्लेस दाङले आयोजना गरेको जनप्रतिनिधि र पिडितहरुको साक्षाकारमा पिडितहरुको गुनासो सुन्दै अध्यक्ष पाण्डेले यस्तो प्रतिवद्धता जनाएका हुन ।

संक्रमकालिन तथा शान्ती मञ्च साँविक नगरकी संयोजक भौनी चौधरीको अध्यक्षतामा वुधवार घोराहीमा सम्पन्न जनप्रतिनिधिहरुको संगको छलफलमा वडा पिडितहरु अन्यायमा परे पनि जनप्रतिनिधिहरुले सक्दो सहयोग र व्यावस्थापनको माध्यम वाट पिडितका छोराछोरीको शैक्षिक व्यावस्थापन गरिने वताए ।

वडा नम्वर १४का वडा शक्तिराम डाँगीले मुलुक परिवर्तन संगै भएका घटनताहरु राज्यले स्तर वाट समाधानको प्रयास गरी पिडितको अन्याय भावनामा सदैव कदर गर्नु पर्ने वताएका थिए । त्यस्तै वडा नम्वर १७ का वडा अध्यक्ष खुसीराम चौधरीले दमनमा परेका थारु जातिको आवाज कसैले नसुन्दा वर्गदी हत्याकाण्डको कुनै पनि सुनुवाई र न्यायका लागि पहल कतै नभएको गुनासो गरे । गाँउ नै उजाडिने गरी भएको काण्डले स्थिर बन्दा पिडितहरुको गुनासो र आत्मवल धेरै कमजोर भएकाले स्थानिय तह वाट यसको पहल प्रयास रहे पनि त्यो न्यायोचित हुने सकेको गुनासो गरे ।

हरप्लेस दाङका संयोजक विनोद केसीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमकोसहजीकरण सन्तोष दहितले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्