आचारसंहिता उल्लंघन भएको छैन महरा



सैघाली खबर

चितवन, ३० भदौ  । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले चुनावी आचारसंहितालाई ध्यानमा राखेर नै सरकारले काम गरेको बताउनुभयो । उपप्रधानमन्त्री महराले भन्नुभयो “निर्वाचन आयोगको आचारसंहिता बेगर सरकारले कुनै काम गरेको छैन ।” आचारसंहिता कार्यान्वयनमा सरकारले सहयोग गर्ने भन्दै उहाँले शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोग जरुरत हुने बताउनुभयो ।सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु सबै राजनीतिक प्राणी भएकाले निर्वाचनमा केन्द्रित हुनु स्वाभाविक भएको भन्दै उहाँले स्वच्छ प्रतिस्पर्धाका लागि लाग्नुलाई फरक अर्थमा हेरिनु नहुने बताउनुभयो ।उहाँले भन्नुभयो “आफ्ना मान्छे जिताउन प्रतिस्पर्धामा लाग्नु स्वाभाविक हो ।” पर्साको ठोरीमा चुनावी अभियानमा सहभागी हुन आज बिहान उपप्रधानमन्त्री महरा विमानबाट भरतपुर आउनुभएको हो । निजी नम्बरको गाडीमा उहाँ चितवनको माडी हुँदै ठोरीतर्फ जानुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्