पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड रोल्पामा, (थवाङका अध्यक्षलाई नियन्त्रणमा लिएको विप्लव नेकपाद्वारा स्वीकार)



सैघाली खबर,
दाङ ३१ घदौ।
रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीलाई आफ्नो नियन्त्रणमा लिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्वीकार गरेको बताइएको छ ।

सो पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जिल्ला जनपरिषद् रोल्पाले विज्ञप्ति जारी गरी घर्तीलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको हो ।जिल्ला जनपरिषद् रोल्पाका संयोजक लालबहादुर ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनताले बनाएको जनसत्तालाई चुनौति दिने गरी जनपरिषद्को अनुमतिविा प्रचण्डलाई रोल्पा ल्याउन थालिएको सूचना आएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको उल्लेख गरीएको छ ।

नेकपाका राप्ती ब्यूरो इञ्चार्ज पक्राउ
थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणमा संलग्न भएको भन्दै प्रहरीले राप्ती व्यूरो इञ्चार्ज केशबहादुर बाठामगर ‘सुवास’लाई पक्राउ गरेको डि एस पी बिक्रम थापाले जानकारी दिनु भयो।

शुक्रबार बिहानैदेखि घर्तीमगरको खोजीमा खटिएको प्रहरीले बाठामगरलाई अपरान्ह पक्राउ गरेको हो ।

 

गाउँसभा भब्य रुपमा मनाइदै,
यसैबीच थवाङ गाउँपालिकाको प्रथम गाउँसभा उद्घाटन गरीएको छ। । गाउँसभाको खुलामञ्चमै उद्घाटन गरीएको हो। गाउँसभाको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भब्य रुपमा उद्घाटन गर्नु भएको हो । अध्यक्ष अपहरणमा परेपछि उपाध्यक्षकै अध्यक्षतामा भए पनि गाउँसभा उद्घाटन गरिएको हो ।कार्यक्रममा हिजो अध्यक्षको अपहरण भएता पनि कार्यक्रम चाही भब्य  र शान्त बातावरणमा  सञ्चलान भइराखेको बताइएको छ।
थवाङको गाउँसभालाई सम्वोधन गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पूर्वी रुकुमको संभावित सदरमुकाममा हुने जनसभालाई सम्वोधन गर्न जाने कार्यक्रम पनि रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्