साना यातायात व्यबसायी भन्छन् स् महासंघले उपेक्षा गरयो



सैघाली खबर,
भाद्र ३१ दाङ

साना यातायात व्यबसायीहरुले आफुहरुलाई नेपाल यातायात राष्ट्रिय महासंघले उपेक्षा गरेको गुनासो गरेका छन् । तुलसीपुर जिप तथा माइक्रो मिनिबस बस व्यवसायी समितिको १५ औ साधारणसभा व्यबसायीहरुले त्यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अथिति तुलसीपुर जिप तथा माइक्रो मिनिबस बस व्यवसायी समितिका संस्थापक अध्यक्ष हरी रिजालले व्यवसायिक हकहितका लागि व्यवसायीक एकताको विकल्प नभएको बताउनु भएको छ ।

बैमनस्यताले विद्रोह निम्त्याउने भन्दै सबै यातायात व्यवसायीहरु संगठित भएर अघि बढ्नु पर्ने बताउनुभयो । अभिभावकको रुपमा रहेको यातायात व्यवसायी महासंघको भूमिकाले आफुलाई दुःखीत बनाएको बताउनुभयो ।

सो अवसरमा प्रमुख अथिति रिजालले नबनिर्मित भवनको पनि उद्घाटन गर्नुभएको थियो ।

सभामा बोल्ने अधिकांस बक्ताले यातायाता व्यवसायी महासंघले साना यातायात व्यवसायीलाई उपेक्षा गरेको बताएका थिए । व्यवसायीक हकहितका लागि महासंघ स्थापना भएपनि व्यवहारमा विभेद गरेको गुनासो गरेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष द्धोय यमकान्त भण्डारी, अध्यक्ष शिव पुरी, तुलसीपुर उद्योगबाणीज्य सघका रामप्रसाद चालीसे, प्रजातान्त्रीक उद्योगबाणीज्य संघका अध्यक्ष जनक खराल, राप्ती अंचल सार्वजनिक बस व्यवसायी समितिका प्रशासनिक सचिव नारायण न्यौपाने , नमस्ते यातायात प्रालीका सचिव दिलबहादुर दसौदि, जलजला यातायात व्यवसायी समितिका तेजबहादुर रावत, पत्रकार महासंघ दाङका सह–सचिव गोकर्ण पौडेल, यातायात व्यवसायी भद्रबहादुर खड्का, सुकुन्ठ न्यौपाने,समितिका उपाध्यक्ष डिल्लीराज रावत लगाएतले आ–आफना भनाई राखेका थिए ।

सो अवसरमा त्यसैगरी समितिमा आवद्ध तर स्थानिय तहको निर्वाचनमा बबईगाउँपालिका वडा नं ६ बाट अध्यक्ष पदबाट निर्वाचित रामबहादुर डाँगी र तुलसीपुर उपमहानगरपालिका २ बाट अध्यक्ष पदमा निर्वाचित राजु आचार्यलाई सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट चालक गोपाल विक र आत्मराम जैसी, कर्मचारी झुपलाल बुढाथोकी, सुरेन्द्र खड्का र हापुरेमा दुइ कठ्ठा जग्गा प्रदान गर्ने बिरबहादुर खड्कालाई सम्मान गरिएको थियो ।

समितिका अध्यक्ष पवनराज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण प्रशासनिक सचिव रामबहादुर डाँगीले गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा दोभान सांस्कृतिक कलाकेन्द्रका कलाकारहरुले विभिन्न गित तथा नृत्य प्रस्तुतगरी कार्यक्रमलाई रोचक बनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्