थवाङ फेरी त्रसित



जनक नेपाली

दाङ ३१ भदौ ।थवाङको आकाशमा चौविसै घण्टा हेलिकप्टरले पहरा दिएको छ । बिहीबार राती अपहरणमा परेका थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीको खोजीका लागि प्रहरीले हवाई गस्तिलाई तिव्रता दिएको छ । युद्धको झल्को दिने गरी आकाशमा उडेको हेलिकप्टरले थवाङवासीलाई फेरी एक पटक त्रसित पारेको छ । जनयुद्धको अन्त्य र शान्ति प्रक्रिया शुरू भएपछि रोल्पाको विशेष गाउँका रुपमा रहेको थवाङ भदौ ३० गतेदेखि फेरि चर्चामा छ ।थवाङ २ स्थित ससुराली घरबाट गाउँपालिका अध्यक्ष घर्तीलाई नेकपा विप्लव समुहका कार्यकर्ताले अपहरण गरेपछि थवाङवासी फेरी त्रसित बनेका हुन । विप्लव समुहका कार्यकर्ताले छापामार शैलीमा आफ्ना गतिविधी अगाडी बढाउँदा थवाङवासी त्रसित बनेको स्थानिय गाउँलेहरुले वताएका हुन । युद्धको घाउँ नपुरिदै फेरी यस्ता गतिविधीले द्धन्द्ध निम्त्याउने होकी भन्ने कतिपयले आशंका समेत गर्न थालेका छन् ।

आज भदौ ३१ हुने थबाङ गाउँ सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड थवाङ आउने थाहा पाएर गाउँपालिका अध्यक्ष घर्तीको उक्त समुहले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डि.एस.पी. विरेन्द्र थापाले जानकारी दिनुभयो ।सदरमुकाम बाट झण्डै ७ घण्टाको दुरीमा रहेको थवाङ पुगेर घटनाका बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । शुक्रबार अपरान्ह काठमाडौंबाट हेलिकप्टर सहित २ सय जना विशेष सुरक्षा बल थवाङ उतारे घर्तीको खोजी कार्यजारी राखेको छ । एका तिर विप्लब कार्यकर्ताको छापामार कार्यशैली अर्काेतर्फ सरकारको सुुरक्षा बलको बढ्दो प्रयोगले गर्दा सर्वसाधारण त्यसको चपेटामा पर्ने सङ्केत देखिएको छ ।
थवाङ गाउँपालिकालाई बीचमा पारेर चारैतिरबाट नेपाली सेना,सशस्त्र र जनपथ प्रहरीले थवाङलाई पहरा दिँदै खान तलासी सुरु गरेको छ । घर्तीको खोजीकार्यका लागि एस.पि.सुशिल यादवको नेत्रित्वमा शुक्रबार दिउँसो रोल्पा पुगेको प्रहरी टोलीले घर्तीको खोजिकार्य जारी राखेको पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजि मिङमारा लामाले वताउनुभयो । प्रहरीले हवाई गस्तीसँगै गिरफ्तारीलाई पनि तीब्र पारेको छ ।

 

विप्लव कार्यकर्ताको नियन्त्रणमा वीरबहादुर

थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती आफ्नो नियन्त्रणमा लिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्वीकार गरेको छ । सो पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जिल्ला जनपरिषद् रोल्पाले विज्ञप्ति जारी गरी घर्तीलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको हो ।जिल्ला जनपरिषद् रोल्पाका संयोजक लालबहादुर ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनताले बनाएको जनसत्तालाई चुनौति दिने गरी जनपरिषद्को अनुमतिविना प्रचण्डलाई रोल्पा बोलाएको सूचना आएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।

 

 

१ सय ५० प्रहरी घर्ती गाउँमा परिचालित

थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीको खोजि जारी रहेको छ । घर्तिको खोजि गर्न आजरात भर घर्ती गाउँमा १ सय ५० जना प्रहरी परिचालित गरिएको पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजि मिङमारा लामाले जानकारी दिनुभयो । एस.पि . शुसिल यादव नेत्रित्वको ठुलो प्रहरी टोली घर्ती गाउँलाई विचमा पारेर खोजिकार्य जारी राखेको वताउनुभयो ।

 

घर्तीको खोजि गर्न दाङबाट १० जना प्रहरी परिचालित

गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीको खोजिका लागि १० जना प्रहरी टोली घटना स्थल तर्फ पठाएको पाँच नम्बर प्रदेश प्रहरी प्रमुख एआइजि मिङमारा लामाले जानकारी दिनुभयो । लामा संग टेलिफोनमा कुरा गर्दै एस स पी दिलिपकुमार चौधरी नेतृत्वको उक्त प्रहरी टोली रोल्पा पठाइएको जानकारी दिनुभयो ।

घर्तीलाई फरक फरक स्थानमा सारिदै

थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीलाई विप्लबका कार्यकर्ताहरुले फरक फरक स्थानमा राखेको देखिएको छ । उनिहरुले प्रयोग गरेको फोनका आधारणमा घर्तीलाई छिटो छिटो स्थानान्तर गरिएको देखाएको हो । गाउँ पालिका अध्यक्ष वीरबहादुरले प्रयोग गर्दै आएको मोवाईल अफ भएका कारण लोकेशन पत्ता लगाउन अलि समस्या भएको प्रदेश प्रहरी प्रमुख एआइजि मिङमारा लामाले वताउनुभयो । लोकेशन देखाएको स्थानमा प्रहरी पुग्दा त्यहाँबाट समेत घर्तीलाई अनेत्र सारेको वताउँदै त्यसले गर्दा अलि कठिनाई भएको लामाको भनाई छ ।

घर्तीलाई जाजरकोटको तर्फ पु¥र्याएको आसंका

घर्तीको खोजी कार्यमा संलग्न प्रहरीले विप्लब कार्यकर्ताहरुले रोल्पा ,रुकुम हुदै पश्चिम तर्फ घर्तीलाई पु¥र्याएको आसंका गरेको छ । प्रहरीको लोकेशनका आधारणमा अपहरणकारीहरु कहिले पूर्व कहिले पश्चिम देखाएपनि उनिहरुले गाउँ पालिका अध्यक्ष वीरबहादुर घर्तीलाई जाजरकोट आसपासका क्षेत्रमा पु¥र्याएको हुन सक्ने प्रदेश प्रहरी प्रमुख एआइजि मिङमारा लामाले वताउनुभयो । लामाले सकभर अध्यक्ष घर्ती आजराती छुट्ने नभए भोली देखि खोजिकार्यलाई थप कडा बनाउदै लैजाने वताउनुभयो ।

नेकपाका राप्ती ब्यूरो इञ्चार्ज पक्राउ

थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीको अपहरणमा संलग्न भएको भन्दै प्रहरीले राप्ती व्यूरो इञ्चार्ज केशबहादुर बाठामगर सुवास लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डि एस पी बिक्रम थापाले जानकारी दिनु भयो । शुक्रबार बिहानैदेखि घर्ती मगरको खोजीमा खटिएको प्रहरीले बाठामगरलाई अपरान्ह पक्राउ गरेको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्