विश्वकर्मा मन्दीरको उद्घाटन



सैघाली खबर,
तुलसीपुर १ असोज ।
तुलसीपुर जिप तथा माईक्रोमिनिबस बस व्यवसायी समितिको प्राङ्गनमा स्थापना गरीएको निर्माण एवं सिर्जनका देउता विश्वकर्मा मन्दीरको आज आईतवार एक कार्यक्रममा विच उद्घाटन गरीएको छ ।

मन्दिरको उद्घाटन समितिका अध्यक्ष पवनराज वुढाथोकी, उपाध्यक्ष डिल्लीराज भण्डारी, प्रशासनिक सचिव रामबहादुर डाँगी, कल्याणकारी सचिव निमकुमार श्रेष्ठ र कोषाध्यक्ष ललित घर्तीले संयूक्त रुपमा पूजापाठ गरी मूर्तिको उद्घाटन गरीएको हो ।
त्यसैविच आज आइतवार दाङका विभिन्न स्थानमा विश्वकर्मा वावाको मन्दिरमा पूजापाठ तथा सवारी साधनहरुमा पूजापाठ र विश्वकर्माको मन्दिरमा पूजा तथा विश्वकर्मा बाबाको पूजा गरीएको छ ।

विभिन्न यातायात व्यवसायी समिति, ग्रील उद्योग, कलकारखाना, उद्योगहरुको पूजाका साथै विश्वकर्मा बाबाको पूजा गरीएको छ ।
यसैबिच राप्ति युनाइटेड ईन्जिनियरीङ कलेजमा विश्वकर्मा पुजाका अवसरमा वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ ।

कलेजका प्रधानाध्यापक तारानाथ रोकाको अध्यक्षता तथा लिटिल हेभनका प्रधानअध्यापक कमल सापकोटाको प्रमुखआतिथ्यता भएको बक्तीत्वकला प्रतियोगीतामा कलामा प्रथम सुष्मा चन्द , द्धतिय सुनिल वोहरा र तृतिय हुने तुफान वलि लाई पुरस्कार प्रदान गरीएको थियो ।
वक्तित्वकलाको निर्णायकमा शिक्षक अमृत कंडेल खिमराज पुन शोभा रावत पुन रहनुभयको थियो . कार्यक्रममा दिपा खडका ,निराजन वली, गिता विक,नम्रता वुढाथोकिले शैक्षिक गित पनि प्रस्तुत गरीएको थियो । सुष्मा चन्द,धर्मराज खडका,विष्णु खडकाले कविता प्रस्तुत गर्नुभएको थियो ।
सन्देह वुढाथोकिको स्वागत मन्तव्यवाट सुरु भयको कार्यक्रमको सञ्चालन अमृत वलीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्