‘सडकमै जन्मे , सडकमै बाँचेको छौ ,खै अधिकार ! ’



गिरिराज नेपाली
दाङ असोज १

थाहा छैन आमा अनुहार कस्तो थियो भनेर ,बा चै मेरा अझै जिउदै छन । मलाई जन्माउदा आमा मरेकी रे ,त्यो बल्ल थाहा पाए । अहिले म आमा विनाको टुहुरो बेसाहारा सडक जीवन विताई रहेको छु । म जन्मदै आमाले मरिन । तर बा बाँच्ने पनि मेरा लागि बाँचे सरह भएनन । म धर्तिमा पाइृला टेके , तर मेरी आमा देखेन । आमा मृत्यु पछि बाले कान्छी आमा विहे गरे । तर मैले आमा भन्ने नाता भेटाए । आमाको माया पाउन सकेन । भन्दै घोराही भरतपुरका ११ वर्षिय आईते वुढा दुखेसो पोख्दै भने ‘ मेरी आमाले मलाई भरतपुरको चौरमा जन्माएकी रे , अहिले म त्यही चौरको गल्लीमा भोक पेटको जीवन विताई रहेको छु । वुृढाले भने –‘आमाको मुहार पनि सम्झना छैन कि मेरी आमा कस्ती थिईन भनेर । ’ 

खाली खुट्टा , भोको पेट , नाङगो शरिर र खुल्ला आकाशमा वर्षाै वितिसक्यो । जन्मे देखी नै पेट गाँस र न्यानो वाँस अझै पाएको छैन । उनले भने– मेरी आमा रहेको भए , म पेट भरी भात खाई आमाको काँखमा सुत्थे , स्कुल पनि जान्थे । अहिले स्कुल त परै जाओस एक छाकका भातका लागि सकड गल्ली चाहार्दै हिड्नु परेको छ । कहिले होटेलको भाडाँ माझ्छु । कहिले प्लाष्टिक खेर्दै हिड्छु । त्यो पनि सधै हुदैन । धेरै दिन भोक भोकै सडक पेटीमै रात विताउनु परेको छ । उनले भने –‘रहर मेरो पनि ठुलो छ । ’ पढी लेखी ठुलो मान्छे बन्ने । तर त्यो रहर मेरा लागि सपना नै भए । मेरी आमा भएको भए म किन सडकमा रात विताउनु पथ्र्याे र ?

उनले भने – आफु जस्तै र जत्रै साथीहरु टाई सुट लगाई स्कुल जान्छन । त्यो देख मलाई पनि रहर नै लाग्छ । तर रहर लागेर मात्रै के गर्ने त्यो रहरले मात्रै पुग्ने रहेनछ । दिउसोे उता वाट म जस्तै साथीहरु बाल अधिकार –बाल अधिकार भन्दै नारा लगाउदै गाथे । त्यो अधिकार भनेको के हो ? त्यो मलाई केही थाहा छैन । हाम्रा पनि अधिकार हुने रैच भनृेर आज थाहा पाए मैले । हुनत सडकमा वाँचेका म जस्ता हैन होला है त्यो !

राज्यले वाल वचाउ , वाल संरक्षण र वाल अधिकार कुरा गरे पनि सडक वालवालिकाहरुको त्यो अधिकारको नाराले नछुदा आफुहरुले त्यो अधिकार नारा सुने पनि कुनै प्रभाव नभएको उनले वताए । वाँच्न पाउने अधिकार , पढ्न पाउने र लगाउन पाउने अधिकार सवै संग भए पनि त्यो अधिकार आफु संग नभएको उनले वताए । उनले भने –भोक भोकै वस्न खान मन लाग्छ , जाडो हुदा लगाउन मन लाग्छ । अरुले पढेको देख्दा पढन पनि मन लाग्छ । तर त्यो मनमै गाँठो पारेर राख्नु परेको छ ।

त्यस्तै घोराही वजारमा सडके जीवन विताई रहेका अर्का सडक वालक वादल विकको पनि उस्तै पिडा छ । बाबुले विहे गरे , आमाले अर्काे विहे गरेर गईन । न बाबुले मलाई हेर , न आमाले मलाई लगिन । मामा घरमा बस्दै आएको थिए । त्यहा वाट पनि लखेटे । अहिले घोराही बजार प्रत्येक सडक मेरो गाँस ÷वाँसको थलो वनेको छ । यही नै मेरा सवथोक वनेको छ । हेर्दा आनन्द लाग्छ । मेरा बाबु आमा कोही छैनन । सवैथोक यही नै । उनले भने कति पटक पुलिसले छोपेर लगे । तर उनीहरुले केही राखेर छोडिदिए ।

विकले भने म थाहा पाउने देखी घोराहीको गल्ली चाहार्दै हिडेको हु । अहिले पनि चाहार्दैछु । तर मेरा लागि मिठो खाने र राम्रो लगाउने दिन कहिले आउने हो । त्यो अझै आउन वाँकी छ । स्कुल जान्छौ बाबु भनेर दुनिया सोध्छन । तर म संग दिने जवाफ हुदैन । अहिले सम्म १ कक्षा पनि पढेको छैन । अझै कसैले भोकै होला नि बाबु भनेर पनि सोध्छन । दिने चाँही कोही दिदैन । उनले भने हामी वेसाहार वच्चाका लागि कोही नै छर हामी लाई भोक लागेको वेला खान दिने । निद लागेको वेला सुत्न दिने । साँझ परे होटेल–होटेल चाहार्दै वचेकुचेको खान दिन्छन । त्यही खायो । जहाँ निद्रा लाग्यो त्यही सुत्यो । यही हो हाम्रो अवस्था । उनले पत्रिका पनि धेरैले लेखे । हामी लाई कतिले देखे , हाम्रा पिडा कतिले सुने , त्यो थाहा छैन । जन्मदा पनि सडकमै थिए , अहिले पनि सडकमै छु । रात पनि सडक दिन पनि सकडमै वितिरहेका छन । तर दिन दुख जिउदा तिउ नै छन । राज्यले दिने अधिकार खै ! कस्तो हुन्छ । उनले भने – बा ले कान्छी आमा लिनुभयो । आमाले बा , भाई र मलाई दुवै लाई छोडेर जानु भयो । अहिले सम्म फर्किनु भएको छैन ।

नेपालको संविधान र बाल अधिकार महासन्धीले हरेक वालवालिकाहरुकाले वाँच्न पाउनु पर्ने , खान पाउने पाउने , लगाउन पाउने , खेल पाउने अधिकारको ग्यारेन्टी गरे पछि सडक बेसाहारा जीवन विताई रहेका सडक वालवालिकाहरु लाई त्यो अधिकारले कतै छुन सकेको छैन । खानकै लागि भए पनि सडक बालबालिकाहरु सडकको फुृटपात देखी अन्य जोखिम पुर्ण काम संगै लागु औषधको दुव्यर्सनीमा पनि फस्दै गईरहेका छन । भनिन्छ ‘ आजका बालकालिका भोली कर्णधार हुन । ’ ति कर्णधारहरु आज सडके जिवन विताउन वाध्य हुदा उनीहरुको वाँच्न पाउने अधिकार पनि खोसिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्