१२ बजेसम्ममा ३५ प्रतिशत मतदान- निर्वाचन आयोग



सैघाली खबर,
काठमाडौं, २असोज। – स्थानीय तहको तेस्रो चरण चुनाव अन्तर्गत प्रदेश नम्बर २ मा भइरहेको मतदानमा सोमबार दिउँसो १२ बजेसम्ममा ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार सबै मतदान केन्द्रहरुमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको र शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मतदान कार्य बेलुका ५ बजेसम्म हुनेछ ।

प्रदेश नं। दुईका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा सोमबार भइरहेको मतदानबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउ्रँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुने छन् ।

यसैबीच, महोत्तरी जिल्लाको औरही नगरपालिकास्थित नेपाल राष्ट्रिय नि।मा।वि। कठुधार मतदानस्थलमा ११६ वर्षीया सर्वसियादेवी यादवले मतदान गर्नुभएको जानकारी प्राप्त भएको छ ।

रौतहट जिल्लाको गढिमाई नगरपालिकास्थित प्रा।वि। भवन, लक्ष्मीपुर गम्हरिया मतदान केन्द्र र बारा जिल्लाको पचरौटा नगरपालिका वडा नं। २, बिसम्बरास्थित ने।रा।प्रा।वि।, विसम्बरा मतदान केन्द्रमा अर्को व्यक्तिको नाममा मतदान गर्न प्रयास गर्ने एक–एकजना नक्कली मतदातालाई प्रहरीले पक्राउ गरेको पनि निर्वाचन आयोगले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्