लायन्स क्लवहरुको संयुक्त पदस्थापन कार्यक्रममा सम्पन्न



सैघाली खबर
दाङ २ असोज।

लायन्स क्लवका अफ दाङ, स्वार्गद्धारी, तुलसीपुर, अरनिको र दाङ दिव्यज्योति क्लवको आयोजनामा संयुक्त पदस्थापन कार्यक्रममा आज सम्पन्न भएको छ ।

लायन्स क्लव अफ दाङका राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता एबम डिष्टिक ३२५ बिटुका गर्भनर मधुसुदन शर्माको प्रमुख अतिथ्यमा पदभार ग्रहण भएको हो ।

सो अबसरमा प्रमुख अतिथी शर्माले नागरिकको विपतको बेला आबश्यक पर्ने कोष स्थापना गर्नुपर्ने बताउनुभयो । उहाले आपतकालिन कोष, लायन्स फाउन्डेसन कोषको वृद्धि,चिल्डेन पार्क, सर्भिस प्रोजेक्ट र एक कप चिया कटौति गरेर भए पनि लायन्स क्लवको प्रोजेक्टमा सहयोग गर्न अपिल गर्ने जस्ता कार्यक्रमहरु अगाडी सारेको वताउनु भयो ।

कार्यक्रममा डिष्ट्रिक सिनियर एडभाईजर विनोद कुमार श्रेष्ठ , प्रथम उपाध्यक्ष सुनिल ओझा,सचिव चिन्तामणि धिताल, उपमेयर माया आचार्य, वडा नं ६ का वडा अध्यक्ष नवराज लामिछाने, लायन्स क्लव अफ दाङका पूर्व अध्यक्ष विमल रिजाल,जग्गा दाता देवेन्द्र के.सी.लगायतले वोल्नु भएको थियो ।

अबसरमा उपमेयर माया आचार्य, वडा नं ५ अध्यक्ष विरेन्द्रकुमार शाह , वडा नं. ६ अध्यक्ष नवराज लामिछाने,प्रजातान्त्रीक यातायात व्यवसायी संघका नवनिर्वाचित सचिव सुरेश हमाल, लायन्स क्लव दाङलाई १ करोड वरावरको जग्गा प्रदान गर्नु हुने दाता देवेन्द्र केसीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

त्यसै गरी कार्यक्रममा क्लीन तुलसीपुर ग्रिन तुलसीपुरका तत्कालिन संयोजक विमल रिजाल,तुलसीपुर नगरविकास समितिका अध्यक्ष यज्ञ वहादुर के.सी., तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत, रिर्पोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीलाई गर्भनर शर्माले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।स्वागत मन्तब्य क्लवका पूर्व अध्यक्ष टेकन प्रसाद कडेल,धन्यवाद ज्ञापन सुरेश हमाल र सहजीकरण गणेश अधिकारीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्