सिरहाको कर्जन्हा बाट माओवादीको विजयी सुरुवात




सैघाली खबर

काठमाडौँ  ३असोज | दुई नम्बर प्रदेशमा पहिलो खाता माओवादी केन्द्रले खोलेको छ । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा माओवादी केन्द्रका मोहन केसीले प्यानल सहित विजयी भएका हुन् ।  केसीले वडामा ३ सय ४२ मत पाएर बिजयी भएका हुन् ।कर्जन्हा नगरपालिका साविकको सिरहा क्षेत्र नम्बर पांचमा पर्छ । यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोश्रो संविधानसभामा विजयी भएका थिए । यो वडामा मेयरमा भने एमालेले चार मतले अग्रता लिएको छ । यो नगरपालिकामा माओवादी र एमालेबीच चर्को प्रतिष्पर्धा हुने देखिएको छ । प्रारम्भिक मत परिणाम अनुसार २ स्थानीय तहमा माओवादी केन्द्रको अग्रता छ । बाराको देवतालसँगै धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा माओवादी केन्द्र अगाडी देखिएको हुन् । यसै क्रममा अहिलेसम्मको ताजा मत परिणाम अनुसार ४ स्थानमा कांग्रेस, २/२ स्थानमा एमाले र माओवादीले अग्रता लिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्