कास्की २ मा उपनिर्वाचनलाई लक्षित गरेर बृहत कार्यकर्ता भेला आयोजना गर्छौं- बिकास थापा



 

नेपाल विद्यार्थी संघ कास्कीका नि बर्तमान सभापति तथा नेपाली कांग्रेसका युवा नेता बिकास थापाले अब कास्की कांग्रेसका तरुणहरु र विद्यार्थीहरु मिलेर युवा विद्यार्थीको नेतृत्वमा भाबी योजना अनुरुप कास्की क्षेत्र नं २ मा आउंदै गरेको मंसिर १४ को उपनिर्वाचनलाई लक्षित गरेर मतदाता केन्द्रीत रहेर छिट्टै नै बृहत कार्यकर्ता भेला आयोजना गर्ने जनाएका छन।

नेता थापाले कास्की २ को उपनिर्वाचनमा मतदाताहरुले एक प्रतिनिधि मात्र निर्वाचित गर्ने भन्दा पनि देशको बर्तमान राजनीतिक चरित्रको चित्रण गर्ने र नेपाल कम्युनिष्ट पार्टीको के।पि सरकारको ज्याजती, भ्रष्टाचार, दर्जनौं काण्डहरु, हत्या हिंसा लगायतका अन्य बिकृति र बिसङ्गतिहरुले नेपाली जन्तामाथी परेको मार, सोझा जन्ताको सेकिएको ढाडको दुखाईको विरुद्धमा मतदान गर्ने प्रतिबद्धता जनाए।

बिकास थापाले नेपाल कम्युनिष्ट पार्टीको सरकारले जुन अधिनायकवादको शैली प्रस्तुत गर्दैछ, त्यो शैलीको विरुद्धमा मतदाताहरु लागेर मत गर्ने हुंदा नेकपा पतन हुने मार्गमा जाने अब कास्कीका जन्ताले मतदानबाटै प्रष्ट पार्ने जनाए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्