सिरहाको पछिल्लो मतपरिणामः माओवादी अग्रस्थानमा, पछ्याउँदै एमाले र फोरम



सैघाली खबर,
लहान ४ असोज। स्थानीय तह निर्वाचन अन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ ।
आज बिहानसम्म सिरहामा विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा माओवादी केन्द्रले ८ वडा जितेको छ भने नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले तीन÷तीन र नेपाली काँग्रेस र राजपाले दुई÷दुई वडामा विजय हासिल गरेका छन् ।

पछिल्लो प्राप्त परिणामअनुसार सिरहाको गोलबजार नगरपालिका–१ मा माओवादी केन्द्रका देवबहादुर मगर प्यानलसहित विजयी भ्एका छन छ भने धनगढीमाई नगरपालिका–३ मा पनि माओवादी केन्द्रकै देवन साह प्यानलसहित विजयी भएका छन् ।

अर्नमा गाउँपालिका–१ मा वडाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार गफार मियाँ ७२४ मत ल्याएर प्यानलसहित विजयी भएका छन् भने अर्नामा–२ मा माओवादीकै गंगाप्रसाद महतो ५२३ मतसहित प्यानल विजयी भएका छन्

मिर्चैया नगरपालिका–१ मा माओवादी केन्द्रका धनिकलाल यादव ८९९ मतसहित प्यानलसहित विजयी भएको छ भने विष्णुपुर गाउँपालिका–१ मा कोविन्द यादव ५१६ मत ल्याई प्यानलसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । योसँगै माओवादी केन्द्रले सिरहामा ८ वटा वडामा जित हात पारेको छ ।

यसअघि माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाको वडा नम्बर १ र ३ मा वडाध्यक्ष पदमा विजय हासिल गरेको थियो । कर्जन्हा नगरपालिका–१ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मोहनबहादुर खत्री र सोही नगरपालिकाको वडा नम्बर ३ मा माओवादी केन्द्रकै कपलेश्वर यादव विजयी भएका थिए ।

यस्तै, सिरहाको नवराजपुर गाउँपालिका–१ मा एमालेका रामअवतार यादव ९३६ मतसहित विजयी भएका छन । एमालेले धनगढीमाई नगरपालिका–१ मा पनि सफलता हात पारेको छ । एमालेका वडाध्यक्षका उम्मेदवार सूर्यनारायण महतो प्यानलसहित विजयी भएका छन । कर्जन्हा–२ मा एमालेका गणेशकुमार अधिकारी ४६६ मतसहित विजयी भएका छन ।

यस्तै, संघीय समाजवादी फोरम नेपालले सिरहाको भगवानपुर, औरही र विष्णुपुरको एक÷एक वडामा विजय हासिल गरेको छ ।

यस्तै, नवराजपुर वडा नम्बर २ मा नेपाली काँग्रेसका खुशीलाल साह २९४ मत प्राप्त गरी प्यानलसहित विजयी भएका छन् । यसअघि लहान नगरपालिका–२ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार शियाराम यादव ३४९ मत ल्याएर प्यानलसहित विजयी भएका थिए ।
सिरहाको कल्याणपुर नगरपालिकाको वडा नम्बर १ र २ मा राजपाका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

त्यसैगरी, विवादका कारण स्थगित भएको सिरहाको लहान नगरपालिकाको मतगणना कार्य आज बिहानदेखि पुनः सुचारु भएको छ ।

लहान नगरपालिकाको हालसम्मको मत परिणामअनुसार नेकपा एमाले ले अग्रता लिएको छ । प्रमुखमा एमाले १०३३, राप्रपा ८७४, नेपाली काँग्रेस ८११, संघीय समाजवादी फोरम नेपालले ७४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्