मंसिरमा हुने चुनावका लागि आयोगले निर्वाचन अधिकृत नियुक्त गर्दै



सैघाली खबर,
काठमाडौं,१८ – असोज । निर्वाचन आयोगले बुधबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी १ सय ६५ जनालाई नियुक्त गर्दैछ । मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि आयोगले अधिकृत नियुक्त गर्न लागेको हो ।
बुधबार नियुक्ती पाएका अधिकृतलाई अभिमुखिकरण तालिम दिएपछि कात्तिक १ गतेअघि नै १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने आयोगको तयारी छ ।
आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता रहनेछन् । त्यसका लागि १ करोड ७० लाखको हाराहारीमा मतपत्र छाप्ने आयोगले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्