युवाहरु नेतृत्वमा आउनु पर्ने’



 

सैघाली खबर,दाङ २२ असोज।
तुलसीपुर उप महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र शाहले राजनीतिमा युवाहरु नेतृत्व तहमा पुुग्नुपर्ने बताएका छन् । बिकास र सम्बृद्धिकालागि राजनीतिमा युवाहरुको नेतृत्व आबश्यक रहेको उनले बताए ।

रोटरी क्लव अफ तुलसीपुर सिटीले गरेको स्वागत तथा सम्मान कार्यक्रममा अतिथी वक्ताको रुपमा रहेका शाहले राजनीतिलाई सहि दिशामा हिडाउनको लागि अब युवाहरुले काध थाप्नु पर्ने धारणा राखे ।

साथै उनले प्रत्येक वडामा एक करोड बजेट छुट्याईनु न्यायोचित नभएको भन्दै वडाको प्रकृति, त्यहाँको जनघनत्व हेरेर रकम छुट्याईनुपर्ने बताए । तुलसीपुर बजारलाई सदाबहार उज्यालो राख्ने अभिप्रायलाई सार्थक तुल्याउन टोल टोलमा वत्ति पोल पोलमा बत्ति भन्ने नारालाई आत्मसात गरिएको र प्राय सबै पोलहरुमा वत्ती जडान भईसकेको उनले बताए ।

साथै कहि छुट्न गएको भए जानकारी दिन पनि आग्रह गरे । उनले मानविय धर्म तथा सामाजिक कार्यमा रोटरी क्लब अफ तुलसीपुर सिटीले पुर्याएको योगदानको समेत प्रसांसा गरेका थिए ।

 

शाहलाई क्लबका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ र कुशल तर्तालले स्वागत एबं सम्मान गरेका थिए । साथै पूर्व अध्यक्ष बिजय केसीले क्लबले स्थापना कालदेखी अहिले सम्म गरेका बिभिन्न सामाजिक गतिबिधीहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा रोटरियन सन्दिपन रिजालले प्रमुख अतिथी शाहको परिचय गराएका थिए ।

 

रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानवावु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । क्लबका भावी अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको स्वागत मन्तब्यबाट कार्यक्रम शुरु भएको कार्यक्रमको सहजीकरण रोटरियन देवेन्द्र केसीले गरेका थिए भने धन्यबाद क्लबका प्रस्तावित अध्यक्ष देव बहादुर केसीले ज्ञापन गरेका थिए ।

साथै क्लबले मासिक रुपमा प्रकाशन गर्दै आएको बुलेटिनको पनि बिमोचन गरिएको थियो । सेप्टेम्बर महिनामा क्लबले गरेका बिभिन्न गतिबिधी समेटिएको बुलेटिनको प्रमुख अतिथी शाह र क्लबका पूर्व अध्यक्ष बिमल रिजालले बिमोचन गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्