दुर्घटना कम गर्न ट्राफिक सचेतना



सैघाली खबर
दाङ, २३ असोजअटो रिक्सा र ई–रिक्साहरुका कारण सवारी दुर्घटनाको जोखीम बढ्न सक्ने सम्भावनालाई मध्यनगर गर्दै ट्राफिक प्रहरीले रिक्सा चालकहरुलाई सचेत बनाउन अभियान सुरु गरेको छ । ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखीम बढेको गुनासो आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय र सामुदायीक प्रहरी सेवा केन्द्रले चालकहरुलाई सचेत बनाउन सुरु गरेको हो ।आज सोमवार घोराही क्षेत्रका अटो र ई रिक्साका चालकहरुलाई सचेत बनाईएको हो ।
घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि उनीहरुलाई प्रशिक्षण गरिएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, सामुदायिक प्रहरी सेवा केन्द्र दाङ र रिक्सा समितिहरुको आयोजनामा घोराही क्षेत्रका करिब ५ सय अटो र ई रिक्साका चालकहरुलाई सचेत बनाईएको छ ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेले ट्राफिक नियमबारे जानकारी दिनुभएको थियो । उहाँले चालकहरुले पालना गर्नुपर्ने नियमबारे सचेत बनाउनुभएको थियो । त्यस अवसरमा वाग्लेले चालकहरुलाई क्षमताभन्दा बढि यात्रु बोक्न नहुने, निषेधित क्षेत्रमा पार्किङ नगर्न, मापसे गरेर सवारी साधन नचलाउन, तीव्र गतिमा सवारी साधन नहाक्न, भिडभाड र घुम्तीमा ओभरटेक नगर्न, समिति वा स्थानीय तहले निर्धारण गरेको भाडामात्र लिन, अप्ठेरो बाटो टाढा एकान्त बाटोमा यात्रुहरु लिएर नजान अनुरोध गर्नुभयो ।कार्यक्रमको सहजिकरण जिफन्टका अध्यक्ष शिवराज पन्थीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्