उम्मेदवारद्धय गौतम र चौधरीद्धारा डा.केसी संग भेटघाट



पाण्डव शर्मा
घोराही जेठ,१४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा कार्यन्वयन गर्नुपर्ने माग गर्दै अनसनका लागि दाङ आउनुभएका डा. गोविन्द केसीलाई घोराही उपमहानगरपालिका मेयर पदका उम्मेदवार जीवन गौतम र उपमेयरका उम्मेदवार सिता चौधरीले भेट गर्नुभएको छ । उहाँहरुले डा. केसीको माग जायज भएकाले तत्काल कार्यान्वयन गर्न सम्बन्धीत पक्षलाई आग्रह समेत गर्नुभयो । माओवादी केन्द्र दाङका इञ्चार्ज समेत रहनुभएका मेयर पदका उम्मेदवार गौतमले स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आँफूहरुले विगत देखि निरन्तर पहल गरिरहेको बताउनुभयो ।

 

2
‘हामीले जुन कुराको माग गरिरहेका थियौं, अहिले डा. केसीले त्यहि विषयमा अनसन बस्दै हुनुहुन्छ, यसमा हाम्रो पूर्ण समर्थन छ,’ उहाँले भन्नुभयो, ‘केसीको मागले समग्र स्वास्थ्य क्षेत्र र दाङलाई फाइदा गर्छ ।’ उपमेयरका उम्मेदवार सिता चौधरी ‘प्रतिज्ञा’ स्वास्थ्य क्षेत्रका माफियाहरुले नेपालका स्वास्थ्य क्षेत्रमा निकै असर पु¥याएको बताउनुभयो । उहाँले डा. केसीको अनसनमा सबै दाङवासीले समर्थन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘माओवादी सरकारमा रहेको वेला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा भएको हो,’ चौधरीले भन्नुभयो, ‘अहिले केही शक्ति केन्द्रहरुले वुटवलाई राजधानी बनाउने उद्देश्यका साथ स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामलाई अलमलाउने काम गरिरहेको छन् ।’ दाङलाई राजधानी नबनाउने चलखेलमा लागेका पार्टी तथा उम्मेदवारलाई आम जनताले स्थानीय तहको निर्वाचनमा राम्रोसँग देखाई दिने चौधरीको भनाई छ ।’

susila sir

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्