अक्टोवर क्रान्तिका वारेमा अन्तरकृया हुने



 सैघाली खबर

दाङ, ३१ असोज । वाम सहकार्यका लागि साझा मञ्च दाङले कार्तिकको ९ गते नेपाल पत्रकार महासंघ दाङको शभाहलमा अक्टोवर क्रान्तिका बारेमा एक कार्यक्रमको आयोजना गर्ने भएको छ । समुहले कार्यक्रमको तयारीका लागि ९ सदस्यीय कार्यदल समेत गठन गरेको समुहका संयोजक शुशिल गौतमले जानकारी दिए ।

वामपन्थि दलहरु अक्टोवर क्रान्ति वाट प्रेरीतभई नेपालमा राजनीति गरीरहेको भएपनि दोस्रो पुस्तामा यसको महत्ववारे जानकारी नभएकोले कार्यक्रमको आयोजना गरीएको गौतमले बताए । जिल्ला तहमा अक्टोवर क्रान्तिका वारेमा यसअघि औपचारीक कार्यक्रम भने भएको थिएन ।

वाम सहकार्यका लागि साझा मञ्च दाङले कम्युनिष्टहरुमा अक्टोवर क्रान्तिले विषेश महत्व राख्ने भएकोले पनि यसका वारेका दोस्रो पुस्तालाई जानकारी गराउन आवश्यक भएको संयोजक गौतमको भनाई छ ।

कार्यक्रममा अक्टोवर क्रान्तिवारेको कार्यपत्र प्रमोद धितालले प्रस्तुत गर्न म१चले जिम्वेवारी दिएको छ भने कार्यपत्र माथिको टिप्पनीका लागि वाम नेता शशिधर भण्डारी र सर्जन गौतमलाई दिईएको कार्यदलका सदस्य अजयदिप शर्माले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्