भित्र पस्नै सकिएन विद्यालयका शौचालयमा



गोविन्द खड्का
दाङ,११ कात्तिक । टिनको ढोका घरक्क पार्दै शौचालय खोल्नुभयो । मरक्क मुन्टो बटारेर थुक्क गर्दै फोहर भएको सांकेतिक अभिव्यक्ति दिनुभयो । जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपाने आधारभुत विद्यालय पेदा वाघमारेको शौचालयमा भित्र पस्नै सक्नु भएन । अनुगमनका गर्न बुधवार त्यहा पुग्नुभएको थियो ।

शौचालयको सिटमा र सावुन दानी नजिकको दिसाको थुच्चो हेरी नसक्नु थियो । कसैले कुल्चेर छितरे जस्तो देखिन्थ्यो । ताजा गु को कडा गन्धले सास फेर्न दिदैन्थ्यो । तत्काल नजिकै चौरमा प्रार्थना गराई रहनुभएका प्रधानाध्यापक ओपेन्द्र बहादुर केसिलाई न्यौपानीले बोलाउनुभयो । शौचालयको अबस्था हेर्न अनुरोध गर्नुभयो । प्रअ केसि पनि भित्र पस्न सक्ने अबस्था थिएन । उहाले सा“झा चारबजे सम्म वरपरको झाडि हटाउने र शौचालय सफा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
युरिनल र शौचालय सहितका ठुल्ठुला पक्की भवन छन् । त्यहा“ सम्म पुग्ने बाटो भने घा“सले अबरोध गरेको छ । आवत जावत हुदैन भन्ने बुझ्न काफि छ । शौचालय प्रयोगमा छैनन् भन्ने सुहाउने गरी शौचालय भित्रको दृश्य छ । युरिनलतिर चल्ला पाल्न छोडेको खोर जस्तै व्यवारीसे छ । शौचलय भित्रै बाल्टीन र पानीको धारा सुविधा छ ।

त्यसलाई प्रयोग गर्ने तरीका देखिन्न । चौर सफा छ । कागजको टुक्रा एउटा पनि भेटाउन सकिदैन्थ्यो । चौरमा फोहर मलाई लेखिएको रुकुमेली समाज विकास केन्द्र रुकुमले दिएको ठुलो ड्र«म काटेको डस्टिविन थियो । कक्षा कोठा बाहिर भने झ्यालका मुनि कागज थुपारीएको थियो । त्यसले पनि डस्टिविन उचित प्रयोग नभएको पुष्टि हुन्थ्यो । कक्षा कोठाको फोहर संकलन गरी त्यो ड्रममा सबैले हाल्दैनन् ।

गन्दा पनि मुश्लि हुने गरीको संख्यामा रहेका मावि बालापुर शान्तिनगरका शौचालय झाडि भित्रै रहेका छन् । दुईवटा बाहेक कुनै पनि शौचलय प्रयोग गर्न योग्य छैनन् । खुला ढोका भित्रको दिसाका थुच्चा चौर वाटै देख्न सकिन्थ्यो । मुत सहितको दिसाको गदगदे रेत युरीनल र शौचालय भरी छताछुल्ल थियो । आलो र वासी गु ले शौचालय प्रयोग मै रहेको जनाउथ्यो । तर, प्रअ शुवर्ण कुमार लाछिानेले सबै शौचालय उपयोगमा नआएको जानकारी दिनुभयो । दुई वटा मात्रै प्रयोग गरेको बताउनुभयो । प्रअ लामिछानेकोे भनाईलाई आधार मान्दा विद्यालयका शौचालयका बारेमा विद्यालय प्रशासन व्यखबर छ । विद्यार्थिको भोगाईको मतलव राख्दैन ।

टेक्न बनाईएका सिमेन्टका अग्ला ढिस्का बाहेक युरीनलका अरु क्षेत्र गु मुतको आहालमा डुबेका थिए । चाउचाउ खाएका खोस्टा उतै खसालेका थिए । काठ ढुंगा थुपारेका थिए । त्यहाका शौचालय भित्र पनि पस्न सकिदैन्थ्यो । फोटा खिचुन्जेल सम्म अडिन नसक्ने कडा गन्ध आउथ्यो । आखाले सहन नसक्ने दृश्य थियो । जिल्ला समन्वय समितिका सदस्य सुभद्रा भण्डारी लगाएत शौचालय नजिक पुग्नै सक्नुभएन । त्यहा विद्यार्थी भने दिसा पिसाव गरीरहेका छन् । भव्य खेलमैदान सहितको सुन्दर विद्यालयका शौचालयको दुर्दशा हेर्न लाएक थियो । कक्षा कोठा र चौर खोट लाउन मिल्दैन्थ्यो । शिक्षक कर्मचारीहरु त्यसैमा मख्ख थिए । विद्यालर्थीले प्रयोग गर्ने शौचालयको वास्ता गरेका थिएनन् । अबस्था अनुसार उनिहरुले त्यो कहिल्यै हेर्दैनन् ।

त्यस क्षेत्रका निजि र सरकारी दुवै विद्यालयका शौचालय प्रयोग गर्न योग्य नदेखिएको नेपाल रेडक्रस सोसाईटि दाङ शाखा वास संयोजक विश्राम अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार दुईवटा सरकारी र एउटा निजि स्तरको विद्यालयका शौचालय हेर्दा निकै दुर्गन्धित भेटिए । तिनलाई कि सफा गर्नुपर्छ नत्र बन्द गरेर राख्नुपर्छ । त्यसो नगरे विद्यालयको कक्ष कोठा सम्मै दुर्गन्ध र झिंगाहरु आउछन् । त्यसमा झन् अबोध वालवालिकालाई प्रयोग गर्न दिनुभनेको अपराध हो । 

त्यसक्षेत्रमा पुर्ण सरसफाइ अभियान सन्चालन गरीरहेको संस्था रुकुमेली समाजविकास केन्द्र रुकुमले पटक पटक अनुरोध गर्दा पनि सुन्या नसुन्यै गर्नाले सफागर्न सकिएको छैन । रिपोटिङको क्रममा कर्मचारीहरुले रोएर पिडा पोख्ने गरेको समाजका वास अफिसर भिम मल्लले बताउनुभयो । सिकाउन खोज्दा एनजियोको तलव पचाउन भनेर हलुक्याउने चलन छ । विद्यालय मै सबै भन्दा समस्या र पढलेख गरेकाले नै तिमीले सिकाउने विषय हो र ? हामिलाई पहिल्यै थाह पाएका छौ“ भन्दै उडाउछन् । पढेलेखेको धाक लगाउर उल्टो प्रतिवाद गर्ने भएकाले अपेक्षित परिणाम निकाल्न नसकिएको टिम लिडर केशन कुमार क्षेत्रीयालले जानकारी दिनुभयो ।

कुनै विद्यालयमा देखिएको गतिविधि त्यस क्षेत्रको समाजको चित्र हो । तुलसीपुर उपमहानगरपालिका दुईका वडा अध्यक्ष राजु आचार्यका अनुसार घरमा शौचालय प्रयोग गर्न न सिकेको विद्यार्थी विद्यालयमा ढंङ्गा काठ घास लगेर शौचालयमा जान्छन् । उनिहरुले शौचालयमा धारा राखेपनि पानीको प्रयोग गर्र्दैनन् । त्यस संगै विद्यालय प्रशासनले लापर्वाहि गर्दा पनि केहि समस्या थप भएका छन् । सिंगो विद्यालय फोहर भएपछि त्यस क्षेत्रका घरहरु सफा छैनन् भन्न मिल्ने अध्यक्ष आचार्यले जानकारी दिनुभयो । योजना बनाएर स्थानिय तहबाटै समस्या हल गरीने अध्यक्ष आचार्यको भनाई छ । केहि समय भित्रै गतिलो परिणाम देखाउने प्रतिबद्धता गर्नुभएको छ । विद्यालय फोहर देखिनुले आफुलाई लाजमर्दो बनाएको बताउनुभएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्