सवारी दुर्घटना ७ जनाको मृत्यु



सैघाली खबर
गुल्मी, १३ कार्तिक । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घासमका लागि छुटेको माइक्रोबस गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।

सोमबार बिहान तम्घासका लागि छुटेको बा४ ख ५५०१ नम्बरको माइक्रोबस गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिनुभयो ।

माइक्रोबस बुटवलबाट १३ जना यात्रु लिएर तम्घास आएको थियो ।
दुर्घटनामा ज्यान जाने र घाइतेहरुको सनाखत हुन सकेको छैन ।

प्रहरी र स्थानीय घाईतेको उद्धार गरी अस्पताल पु¥याएका छन । गाडीमा चालकसहित १५ जना थिए । २ जनाको खोजी भइरहेको तम्घासबाट पत्रकार अनिल खत्रीले बताउनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्