प्रेम विवश घर्ती मगर
दाङ
नेपाल मगर संघ तुलसीपुर नगर समिति ले गर्न लागेको माघि विशेष साँस्कृतिक कार्यक्रम को तयारी पुरा भएको आयोजकले बताएको छ । माघे सक्रान्ती पर्व लाई मगर समुदायले मुख्य पर्व को रुपमा मनाउदै आएको ले माघी को अवसर मा मगर संस्कृती को संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य का साथ कार्यक्रम को आयोजना गरिएको नेपाल मगर संघ तुलसीपुर नगर का अध्यक्ष तथा कार्यक्रम सम्योजक राम कुमार घर्ती मगर ले जानकारी दिए ।
माघ दुई गते तुलसीपुर ७ गणेशपुर बराहथान शान्ति पार्कको उत्तर तर्फ हुन लागेको कार्यक्रम को उद्घाटन सांसद डिल्ली चौधरीले गर्ने भएका छन् ।
कार्यक्रम मा गायक प्रेम विवश घर्ती मगर, निता पुन मगर , खुमेन्द्र पुन मगर , पुर्ण पुन मगर , सन्ध्या मगर , ममता मगर लगायत को बेजोड प्रस्तुति रहने साँस्कृतिक सम्योजक दत्त बुढाले बताए । साथै चेली पुज्ने ,मगर खाना प्रदर्शनी , मौलिक नाच , धनुषवाण , छेलो फाल्ने प्रतियोगीता पनी रहेको आयोजकले बताएको छ ।
नेपाल मगर संघ तुलसीपुर नगर समिति को आयोजना र पुर्वी रुकुम तकसेरा समाज तुलसीपुर दाङ को सह आयोजना मा कार्यक्रम हुन लागेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।