ऐलानी जग्गालाई व्यबस्थापन गर्छु ः अपार



दिपक बोहरा
दाङ २८ कात्र्तिक । बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं ३ को ‘क’ का उम्मेदवार जग प्रशाद शर्मा ‘अपार’ले दाङका ऐलानी जग्गाको उचित व्यावस्थापन गरी खेतीयोग्य जमिन बनाईने बताउनुभयो ।मंगलबार तुलसीपुरमा भएका बिभिन्न चुनाबी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता समेत रहेका उनले ऐलानी जग्गाको एकिन गरी उचित ब्यबस्थापन गर्ने बताउनुभयो ।

उनले संयुक्त बामगठबन्धनको तुलसीपुर ८ मा स्थापन गरिएको सम्पर्क कार्यालयको उद्घाटन गर्दै ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकलाई पनि उचित ब्यबस्थापन गरिने बताउनुभयो् । उनले यहाँको गरिबी तथा भोकमरीको समस्या अन्त्य गर्न पहल थाल्ने समेत प्रतिबद्धता जनाए । फरक प्रशंगमा अपारले अहिले कम्युनिष्ट सत्ता स्थापन गर्ने बेला आएको बताउनुभयो ।

कम्युनिष्टले ५ बर्ष सम्म सत्ता चलाउन पाएमा मुलुकलाई सम्बृद्ध र बिकसित गराउन सकिने बताउनुभयो । साथै उनले अहिले सम्म बामपन्थी शक्तिहरुले जे भन्यो त्यो पुरा गर्दै आएको भन्दै आफुले प्रतिबद्धता गरे अनुसार काम पुरा गराएरै देखाउने सक्ने बताउनुभयो ।

चुनाबमा बढि महत्वकांक्षा बोकेका योजना अघि सारेर चुनाब जितिसकेपछि काम गर्न नसक्ने प्रबृद्धि रहेको भन्दै उनले आफुले सक्ने जति मात्रै काम गर्ने बताए । संयुक्त बाम्पन्थीले क्षेत्र नं. ३ अन्तरगत मंगलबार आज तुलसीपुर उपमहानगरपालिका ७ को प्रसेनी, हात्तिखौवा, गणेशपुर, शिवमन्दिर, स्याउलीबजारलगायतका स्थानमा चुनाबी सभा सम्पन्न भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्