‘कोमा’मा दरबन्दी मिलान ‘तीन दशक देखी अन्यौलमा दरबन्दी मिलान’



गिरिराज नेपाली
दाङ, १० मंसिर । गत साउन २३ गते टुङगी सक्नुपर्ने जिल्लाको शिक्षक दरबन्दी मिलान,चार महिना पर धकेलिदा सम्म पनि कुनै अत्तोपत्तो छैन अझै । जिल्लाका दश वटै स्थानिय तहहरुले सामुदायिक विद्यालयहरुको शिक्षक दरबन्दी मिलानका लागि साउन भित्रै तोके पनि अझै हुन सकेको छैन । सामुदायिक विद्यालयहरुको दरबन्दी मिलान वर्षेनी गर्नुपर्ने कानुनी प्रावधान छ । तर जिल्लाको दरबन्दी मिलान तीन दशक देखी अन्यौलमा चल्दै आईरहेको छ ।  

जिल्ला शिक्षा कार्यालय दाङले शिक्षा क्षेत्रका पेशागत संघसंगठनहरु, प्रअ, शिक्षक , स्रोतव्यक्ति र अन्य शिक्षा सरोकारका सम्वन्धीत व्यक्तिहरु संग निकै लामो छलफल गृहकार्य योजना सहित जिल्लाको दरबन्दी मिलानका थुप्रै छलफल चलेपनि उक्त छलफलले कुनै निचोड निकाल्न नसकेको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले बताउनभयो । जसका कारण सामुदायिक शिक्षालयको अवस्था खस्कदै गईरहेको उहाँले बताउनुभयो । कतै शिक्षक अभाव, कतै विद्यार्थी अभावले चलेका विद्यालयहरुको ‘कलष्टर’ का आधारमा दरबन्दी मिलानको प्रयास गरे पनि पेशागत संगठनहरु सहमत नहुन नसक्दा दरबन्दी मिलान विचै सेलाउदै गईरहेको बताउनुभयो ।
जिल्लाको दरबन्दी मिलानका लागि २५ वटा माध्यामिक विद्यालयको प्रावितह वाट ५५ ,प्रावि तहका ६० वटा विद्यालयहरु ८६ दरबन्दी कट्टी गरी १३ वटा विद्यालयहरु थपिने जिल्ला शिक्षा कार्यालयको प्रस्तावित गृहकार्य छ । पेशागत शिक्षक संगठनहरुको राजनितिक मोहो र दरबन्दी मिलानमा माथिको प्रत्यक्ष राजनितिक हस्तक्षेपले दरबन्दी मिलानको प्रयास असफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘दरबन्दी मिलान कोमा घरमा छ , वाँच्ने हो मर्ने हो त्यो हामीलाई थाहा छैन ’ त्यसको सवै तालाचाप्पी संघसंगठनका हातमा बुझाई सकेको छौ । दरबन्दी मिलान हुन नसक्दा साुमदायिक विद्यालयहरु मापदण्ड विपरितका प्रधानध्यापक, निजि र राहातको शिक्षकको व्ययभार र सहयोग शुल्कको मारमा अभिभावक परेको उहाँले बताउनुभयो । जिल्ला सुगम क्षेत्रमा भन्दा शिक्षकको सख्या अधितम र पहाडी र विगत क्षेत्रमा कम रहेकाले सुगमता छोडेर दुर्गमतामा शिक्षक जान अप्ठेरो मान्नेगरेकाले पनि समस्या चुलिदै गईरहेको छ । भन्ने पढ्न र पढाउन पाउने अधिकार बाट शिक्षक र विद्यार्थी बञ्चित हुनुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– दरबन्दी मिलानको प्रत्यक्ष मार नै विद्यार्थीहरु हुन्ु परेको छ ।

  ११ पटकको असफल बहस
शिक्षक दरबन्दी मिलानका जिल्ला शिक्षा कार्यालयको संयोजनमा पेशागत संघसंगठन, स्रोत व्यक्ति र स्थानिय प्रतिनिधिहरु विच लगातार ११ पटक छलफल चले पनि उक्त छलफल विना निकास टुङगिएको छ । ०७३ चैत्र ९ गते ‘विहान– वेलुका दुई पटक’ , चैत्र २५ गते , ०७४ जेष्ठ ७ , जेष्ठ ९ गते ‘ विहान– वेलुका दुई पटक ’ १० गते ‘ विहान–वेलुका दुई पटक’ १२ गते ‘विहान –वेलुका दुई पटक ’ र जेष्ठ १३ गते गरी लगातार ११ पटक छलफल गरे पनि उक्त छलफल चिया, खाजा र भत्तामै सिमित बन्यो । तर छलफलले कुनै मुर्त रुप पाउन सकेन । जसका कारण दरबन्दी मिलानको काम अझै अलमल परेको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ गृहकार्य सहितकोख बहस लगातार चले, तर त्यो बहसले चिया खाने बाटो मात्रै बनायो । ’ उपलब्धी केही दिएन ।

भत्तामै डेढ लाख खर्च
शिक्षकदरबन्दी मिलानका लागि भएको ११ पटक सम्मको लगातारको छलफलमा डेढ लाख रुपैयाँ भत्ता खर्च भएको जिल्ला शिक्षा कार्यालय दाङका लेखापाल युवराज खड्काले जानकारी दिनुभयो । प्रति वैठकको एक हजारका दरले एक सय ४२ जनालाई एक लाख , ४२ हजार रुपैयाँ भत्ता खर्च व्यय निकासा भएको उहाँले जानकारी दिनुभयो । खाजा र खानामा २५ रुपैयाँ दरबन्दी मिलान शिर्षकमा खर्च भएको उहाँले जानकारी दिनुभयो । खाजा, खाना र भत्ता गरी एक लाखा ६७ हजार रुपैयाँ दरबन्दी मिलानको वैठकमा विना उपलब्धीको खर्च भएको उहाँले बताउनुभयो ।

थोरै शिक्षक , धेरै विद्यार्थी
जिल्लाका विद्यार्थी संख्याको अनुपातका शिक्षक अभाव रहेको छ । जिल्लाका ४ सय २१ सामुदायिक विद्यालयमा ८८ हजार, २ सय ८७ जना विद्यार्थी छन । जसका लागि दरबन्दीमा १हजार , ७ सय ६५ जना शिक्षक रहेको छन । वाँकी निजि शिक्षकका भरमा सामुदायिक विद्यालय चल्दै आईरहेका छन । ३० वर्ष जिल्लाको दरबन्दी मिलान हुन नसक्दा सामुदायिक विद्यालयहरुमा विद्यार्थी अनुपातमा शिक्षक सख्या पुग्न नसकेको उहाँले बताउनुभयो । जिल्लाको प्रावि तहमा ४१ ह्जार, ४ सय ८० विद्यार्थी संख्या छन भने, १ हजार, २सय ४० दरबन्दी शिक्षक रहेका छन । त्यस्तै निमावि तहमा २९ हजार ८ सय ८६ विद्यार्थी सख्या छ, भने २ सय ७८ दरबन्दी शिक्षक रहेका छन । भने मावि तहमा १६ हजार, ९ सय २१ विद्यार्थी सख्या छ , भने २५ दरबन्दी शिक्षक रहेका छन । नेपाल सरकारले एक जना शिक्षक बराबर अधितम ४० जना विद्यार्थीहरुको सख्यात्मक अनुपात हुनपर्ने व्यावस्था गरे पनि दाङमा एक शिक्षक बराबर ७२ जना विद्यार्थी पर्ने गरेका छन ।

 

   गृहकार्यमै छौ ः पेशागत
शिक्षक पेशागत संगठनहरुले दरबन्दी मिलानको आन्तरिक जोड घटाउमा जुटिरहेको जनाएका छन । जिल्लाको दबरन्दी मिलानका लागि घट्नुपर्ने भन्दा थप्नु शिक्षक दरबन्दी कम रहेकाले विद्यार्थी संख्याको अनुपातमा दरबन्दी मिलानको जोड घटाउ चलिरहेको पेशागत संगठनहरुले जनाएका छन । शिक्षक संघ दाङका अध्यक्ष युवराज वस्नेत ,नेपाल राष्ट्रिय शिक्षक सगठनका अध्यक्ष भागवत भट्टराई र एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष मोहन वंलीले निमावि र माविको केही गृहकार्य गर्नुपर्ने वाँकी रहेकाले गृहकार्यको तयारी चलिरहेको र आईरहेको चुनाव महोलले केही प्रभावित बनाईरहेको बताउनुभयो । उहाँहरुले भन्नुभयो– ‘ दरबन्दी मिलानका लागि हामी पनि आतुर छौ । ’ तर पेशालाई सेवा र सुविधा संग पनि ख्याल गरिनुपर्ने हुन्छ । सवै शिक्षकहरु लाई घरपाए पर्ने सरुवा गर्न सके सवैको चित्त बुझाउन सकिन्छ ।
    समन्वय अभाव
शिक्षक दरबन्दी मिलानका सम्वन्धीत स्थानिय तह , जनप्रतिनिधि , शिक्षागत संघसंगठन र सम्वन्धीत कार्यालय विचको सम्वन्ध खासै बाक्लो बन्न सकेको छैन । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले स्थानिय तह र शिक्षा कार्यालय विचको समन्वय हुन नसक्दा यस्तो समस्या खट्किदै गईरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ जिल्लाको स्थानिय तह थाहा पाउन गाह्रो छ । ’ भने जिल्ला समन्वय समितिले खेल्ने समन्वयकारी भुमिका पनि त्यति शशक्त बन्न नसक्दा शिक्षक दरबन्दी मिलानले समन्वयको अभाव खेप्नु परेको उहाँले बताउनुभयो । स्थानिय तहको ‘म्यान्डेट’ का आधारमा जिल्लामा काम हुन सकेको छैन । स्थानिय तहले दिएको म्याडेनको मापन अझै पुरा गर्न सकेको छैन । विचमा हामीले खेल्ने भुमिका नै दुविता र दोधार छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्