मेरो प्रतिस्पर्धी कोही छैन : कांग्रेस नेता निधि



सैघाली खबर,
जनकपुर, १५ –मंसिर ।नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र नम्बर –३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी कोहि नभएको बताउनुभएको छ ।
उहाँकै निवासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निधिले यस्तो बताउनुभएको हो । राजपा उम्मेदवार तथा निधिका प्रतिस्पर्धि राजेन्द्र महतोलाई इंकित गर्दै निधिले बाहिरको मान्छेलाई धनुषाका नागरिकले स्विकार नगर्ने बताउनुभयो ।
विगतमा यस क्षेत्रको लागि आफूले गरेको कामको मूल्यांकनले जनता आफ्नो पक्षमा रहेकाले आफू अत्याधिक मतले जित्ने र आफ्नो प्रतिष्पर्धा कसैसँग नरहेको निधिले दावी गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्