निर्वाचन विरोधी बाह्र जना पक्राउ



सैघाली खबर,

काठमाणडौ १५ मंसिर।

 

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टी ९विप्लव समूह० का १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इलाम नगरपालिका–६ का चुडामणि घिमिरे, सूर्योदय नगरपालिका–२ का सुमित खत्री र भारत जलपाइगुडीका सुभाष तामाङ छन् ।

यस्तै पक्राउ पर्नेमा भगवती मा।वि इलाममा कार्यरत शिक्षिका खिनमाया परियार, डम्बर मगर, संगीता फागो, अर्जुनकुमार थापा, पार्वता बराल, इलाम नगरपालिका–५ की ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका–११ का २७ वर्षीय सञ्जीव फागो, देउमाई नगरपालिका–८ का ६६ वर्षीय मोहन बराल र इलाम नगरपालिका–१ का २६ वर्षीय विशाल राई छन् ।

पक्राउ परेका व्यक्ति विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा रहेर निर्वाचन विरोधी गतिविधिमा लागेको पाइएकाले मुद्दा चलाइएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्