काँग्रेसको घरदैलो अभियान जारी




सैघाली खबर
दाङ, १५ मंसिर । प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर २ (१) का उमेद्धार कमलकिशोर घिमिरेले मतदाताको घरघरमा पुगेर मत मागिरहनुभएको छ । मतदातालाई भेट गर्नकालागि मतदाताहरुको घरघरमा पुगेर आफ्ना एजेण्डा सुनाउदै मत मागिरहनुभएका घिमीरेलाई मतदाताहरुले पनि विजयी बनाउने प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रका घरघरमा पुगेर घिमीरेले भोट माग्ने गरेका छन् । उनले घरमा पुगेर मतदाताहरुको गुनासो र समस्या पनि सुन्ने गरेका छन् । ‘म सकेसम्म भ्याएसम्म सबै मतदाताहरुको घरमा पुग्ने गरेको छु’ घिमीरेले भने–‘ सबै मतदाताहरुबाट उत्कृष्ट सहयोग र माया पाएको छु ।’ उनले चुनावी सभा भन्दा पनि मतदाता भेटलाई नै वढी समय दिने गरेका छन् । घर दैलोमा पुगेका उमेद्धारलाई मतदाताहरुले विजयीको शुभकामना दिने गरेका छन् । उनलाई गाऊ गाऊमा टिका र मालाले स्वागत समेत गर्ने गरेका छन् । घिमीरेले युवा देखि वृद्ध सम्मले घरदैलो सम्म पुग्नका लागि साथ दिने गरेका छन् । घिमिरेले शुक्रवार घोराहीका विभिन्न क्षेत्रमा घरदैलो गरेका छन् । घोराही उपमहानरपालिका वडा नम्बर १५ को रतनपुर क्षेत्रमा घरदैलो गरेका छन् ।

सौडियारमा चुनावी सभा

घोराही उपमहानगरपालिका वडा नम्बर साविक सौडियारको राजपुरमा कांग्रेसको चुनावी कार्यक्रम सम्पन्न भएको छ । २१ गतेको निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनकलागि लाग्ने भेलाले निर्णय गरेको छ । साविक सौडियार ईकाई सभापति कर्णबहादुर बुढाथोकीको अध्यक्षता एवं क्षेत्र नम्बर २ का प्रचारप्रसार समितिका संयोजक भुपबहादुर डाँगीको प्रमुख आतिथ्य एवं कांग्रेस नेता भिमप्रकाश खड्काको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कांग्रेसको पक्षमा जनलहर आईसकेकाले सबै आफ्नो क्षेत्रबाट लाग्नु अनुरोध गरेका थिए ।

विपीलाई साक्षी राख्छौ नेविसंघ

नेपाली काग्रेसलाई विजयी बनाउन नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर ३ ले अभियान सुरु गरेको छ । घोराहीको विपि चोकमा पुगेर विपीलाई सम्झदै नेपाली काग्रेसलाई जिताउने विद्यार्थी नेताहरुले अभियान सुरु गरेका हुन् । ‘गाउ जाउ नगर जाउ, जनता जगाँउ काग्रेस जिताउ’ भन्ने नाराका साथ नेविसंघले अभियान सुरु गरेको छ । अभियान अन्र्तगत चोक चोकमा कोण सभा समेत आयोजना गरीने क्षेत्रीय सभापति तिलक रावतले जानकारी दिए । त्यस अवसरमा बोल्दै निर्वाचन क्षेत्र नम्वर २ का प्रचार प्रसार समितीका संयोजक क्षेत्रीय सभापति भुुपबहादुर डाँगीले बाम गठबन्धनले नेपाली जनतालाई अधिनायकवाद लाग्न खोजेको भन्दै यसमा सचेत हुना सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्नुभयो । लोकतन्त्रको रक्षा, संविधानको सही कार्यान्वयन, शान्ति र समृद्धिकालागि कांग्रेसको पक्षमा मतदान गर्न आवश्यक भएकाले यस विषयमा मतदाताहरुलाई सचेत बनाउन नेविसंघकायुवाहरुलाई अनुरोध गर्नुभयो

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्