‘चल्ला’ समूह पक्राउ



सैघाली खबर,
काठमाडौं,२ पुस ।–काठमाडौंमा कवाडी समान उठाउँदै आएको भारतीय नागरिकको एक समूह चोरीको आरोपमा पक्राउ परेको छ । पक्राउ परेकाहरुले भारतमै समूह बनाएर नेपालमा चोरी गर्न आउने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

‘चल्ला’ नाम गरेको यस गिरोह लामो समयदेखि उपत्यकामा चोरीको घटनामा संलग्न रहेको प्रहरीले बताएको छ । दिउँसो साइकलमा विभिन्न कवाडी समान संकलनको बहानामा घरमा कोही नभएको समयमा ढोका तथा झ्याल फोडेर नगद, सुन, चाँदी लगायतका सामाग्री चोरेको सूचनाको आधारमा ७ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले चोरी गर्नुभन्दा केही दिन अगाडि कवाडी टिप्ने बहाना बनाई चोरी गर्ने घरको पहिचान गरी जानकारी लिने गरेको प्रहरीले जनाएको छ । चोरी गरेकै दिन उनीहरु दक्षिणकालीको बाटो हुँदै टाटा सुमोबाट भारत जाने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ पर्नेमा बिहारका दिनेश पोदार, मोतिहारीका मुकेस पोदार, बिहारकै केतुल पोदार, चन्तन पोदार, सुरज पोदार, विकास पोदार, बाराका राजकुमार अधिकारी रहेका छन् । उनीहरुबाट प्रहरीले केही थान मोवाइल र घडि पनि बरामद गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्