हुलाकी मार्ग सञ्चालनका लागि ईन्द्रजीत थारु डेलिगेशनमा



 

भुपेन्द्र ओली
काठमाडौं , ५ पुस ।  जिल्लाका विभिन्न स्थानमा रोकिएको हुलाकी मार्ग निर्माणको कार्य यथाशीघ्र सुचारु गराउन प्रदेश सभासद इन्द्रजित थारुले काठमाडौ स्थित हुलाकी मार्ग निर्देशनालयमा डेलिगेशन बुझाएका छन ।

दाङको लमही – कोईलाबास सडकखण्ड र कपिलवस्तुको कल्याणकोट( दाङको कालाकांटे – गोबडीहा( गढ्वा – राजपुर गोठुवा हुँदै बांके जोड्ने हुलाकी सडकखण्डको काम अघि बढाउण डेलिगेशन बुझाईएको हो । बुधबार आफ्नो पार्टीका नेता कार्यकर्ता सहित केन्द्रिय कार्यालय पुगेका उनले पटकपटक काम रोकिनुको कारण माग गर्दै काममा ढीलासुस्ती नगर्न आग्रह गरे ।

निर्देशनालयका प्रमुख शयाम खरेलले लमही – कोइलाबास सडकखण्डको निर्माण कार्य तिव्र गतिमा अगाडि बढाउने तयारी गरेको भए पनि हाल जिल्ला वन कार्यालयले अवरोध पुर्याएको बताए । ‘ सडककै काम गर्नका लागि निर्माण कम्पनीले जमुनिबासमा क्रेसर उद्योग खोलेको थियो ।तर हाल वन कार्यालयले विभिन्न कारण देखाएर गिट्टी बालुवाको काम रोक्दा सडकको काम नि रोकिएको छ । ‘ उनले भने ‘ यो अवरोध हटाउन हामीले पनि प्रयास गरिरहेका छौं । तपाईहरुले पनि पहल गरिदिनुपर्यो ।’

यस्तै सो सडकखन्डमा स्थानीयलाई दिनुपर्ने जग्गा मुआब्जा बारे तथ्यांक यकिन भईसकेको र सरकारले रकम उपल्ब्ध गराउन बितिक्कै उपलब्ध गराउने प्रमुख खरेलले बताए । यस्तै दाङको पुर्व – पश्चिम जोडने गरि निर्माण गर्ने भनिएको कालाकांटे – राजपुर हुलाकी मार्गका निर्माणको काम अघि नबढ्नुको कारण बारे पनि सभासद थारुले चासो व्यक्त गर्नुभएको छ । निर्देशनालयले भने यश वर्ष सरकारले बजेट उपलब्ध नगराएकाले काम अघि बढन नसकेको जनाएको छ ।

सभासद थारुले दुबै हुलाकी मार्गको काम अगाडि बढाउन आग्रह गर्दै सरकार र अन्य निकाय संग समन्वयका लागि आफुले पहल गर्ने बताए ।

डेलीगेशन टोलीमा माओबादी केन्द्र दाङका नेता एवं समानुपातिक तर्फका उम्मेदवार बिरेन्द्र चौधरी माओबादी नेताहरु गुंज बहादुर विष्ट ,कैलाश चौधरी, अतिउल्ला मानिहर लगायतको सहभागिता थियो

क्एइल्क्इच्भ्म् ब्म्क्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्