प्रादेशिक राजधानीको सम्भाव्यता अध्ययन टोली दाङमा



सैघाली खबर
दाङ, ६ पुस । प्रदेश नम्बर पाँचको राजधानीका लागि दाङमा भौतिक पुर्वाधारको खोजी गर्न थालिएको छ । क्षेत्रीय प्रशासक सुरेश प्रधानको नेतृत्वमा जिल्लाको भौतिक संरचनाको अवस्थाका बारेमा अनुगमन गरिएको हो ।

सरकारले प्रदेश प्रमुख र प्रदेश अस्थायी मुकाम तोक्ने चर्चा चलीरहेको समयमा क्षेत्रीय प्रशासक प्रधानको नेतृत्वमा बिहिबार जिल्लामा भौतिक संरचनाको अवस्थाका बारेमा अनुगमन गरएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले जानकारी दिए ।

अनुगमन टोलीले लमही नगर विकास समिति, भुमिगत जल विकास आयोजनाको कार्यालय तथा कम्लेक्सको संरचनाको अनुगमन गरेको थियो । यस्तै घोराही जिल्ला प्रशासन कार्यालय दाङमा आएर अनुगमन टोलीले जिल्लाका सरोकारवालासंग छलफल गरेको थियो ।

यस्तै अनुगमन टोलीले बेलझुण्डीमा पनि भौतिक संरचनाका बारेमा छलफल गरेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । केही दिनमा देशका सात वटै प्रदेशको स्थायी मुकाम तोक्ने सरकारले तयारी गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्