प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने सरकारको यस्तो तयारी



सैघाली खबर,
काठमाडौं ८ पुस । सरकारले एक हप्ताभित्र प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ ।
निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्बजनिक गरेपछि सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न लागेको हो ।

प्रदेशको अस्थायी राजधानीको टुंगो र प्रदेश प्रमुख नियुक्ति एकैसाथ हुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख र अस्थायी राजधानीको टुंगो लाग्ने उहाँको भनाई छ । निर्वाचन आयोगले  प्रदेशसभामा समानुपातिकतर्फ दलहरुले पाएको मतपरिणाम सार्बजनिक गरिसकेको छ ।

यस्तो प्रतिवेदन सात दिनभित्र प्रदेशसभालाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । यसैले पनि सरकारलाई एक हप्ताभित्र प्रदेश राजधानी र प्रमुख टुंगो लगाउनुपर्ने दबाब बढेको हो ।

कुन प्रदेशको अस्थायी राजधानी कहाँ तोक्ने भन्नेबारे मोटामोटी टुंगो लागिसकेको र अब मन्त्रिपरिषदले निर्णय गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक परियारले जानकारी दिनुभयो ।
सरकारले राजनीतिक पृष्ठभूमि नभएका विषय विज्ञ तथा पूर्व प्रशाशकलाई प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्