पर्सामा भेटिएको २२ किलो सुनमा भारतीय बीजेपी नेताको भाईको संलग्नता



काठमाडौं । प्रहरीले पर्साको वीरगञ्जबाट बरामद गरको साढे २२ किलो सुनमा भारतको रक्सौलका बीजेपी नेता प्रमोदकुमार सिन्हाका भाइको संग्लनता रहेको खुलेको छ ।

प्रहरीले वीरगञ्जबाट महानगरपालिकाको श्रीगणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद गरेको थियो ।

पर्सा प्रहरीले भारत पूर्वी चम्पारण हरैया बस्ने अशोक सिन्हाको बस्ने फ्ल्याटबाट सुन बरामद भएको जनाएको थियो । तर सुनसँग कोही पनि पक्राउ परेका थिएनन् ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार अशोक सिन्हा बिहारको चुनावमा बिजेपीका तर्फबाट प्रत्यासीका रुपमा हेरिएका प्रमोदकुमार सिन्हाका भाइ हुन् । प्रहरीले २ घण्टा बढी अपरेसन चलाएर सुन बरामद गरेको थियो ।

सुनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो । बरामद सुन नेपालबाट भारत लैजाने तयारी रहेको हुनसक्ने प्रहरी आशंका छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्