सङ्खुवासभामा पहिलो पटक ८० वर्षीय कोरोना सङ्क्रमितको मृत्यु



खाँदबारी । कोरोना भाइरसको सङ्क्रमणबाट सङ्खुवासभामा पहिलो पटक एकजनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भएका धर्मदेवी नगरपालिका –३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार आज अपराह्न १ बजे उनको मृत्यु भएको हो । उनी तीन दिनदेखि होम आइसोलेशनमा बसेका थिए । सङ्क्रमितको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्