अब अविवाहित र एकल पुरुषलाई भत्ता दिइने



ताप्लेजुङ । अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ ।

सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिँदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताइन् ।

६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्