मेलमिलाप आयोग तुलसीपुर मुकाममा करिब तीन सय मुद्धा दर्ता



दिपक बोहरा, तुलसीपुर १५ पुस ।

सत्य निरुपन तथा मेलमिलाप आयोग मुकाम कार्यालय तुलसीपुरमा अहिले सम्म करिब एक हजार तीन सय मुद्धा दर्ता भएका छन् ।

राज्य र तत्कालिन माओवादी पक्षबाट पीडितको उजुरी सुनुवाई, अनुसन्धान तथा न्यायीक ब्यबस्थापन गर्ने उदेश्यले स्थापन भएको आयोगको पाँच नं. प्रदेश मुकाम कार्यालय तुलसीपुरमा जेठ देखी अहिले सम्म एक हजार दुई सय ८३ मुद्धा दर्ता भएको कार्यालयका नायब शुब्बा गगण गौतमले जानकारी दिए ।

उनका अनुसार पाँच नंबर प्रदेशको १२ जिल्लाबाट हत्याका चार सय ४०, घाईते एक सय ४१, अन्य अपराध ९, सम्पति सम्बन्धि दुई सय ४०, यातना दुई सय २२, अपहरण ७९, बिस्थापित एक सय ४७, बलात्कारका ५ वटा उजुरी परेका छन् । ती मध्य दुई सय ८ वटा मुद्धालाई छानमिनका लागि केन्द्रमा पठाईएको नासु गौतमले बताए । पीडितको उजुरीका आधारमा छानबिन गरी थप अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालयमा पठाईएको उनले जानकारी दिए । अहिले तीन सय मुद्धाका छानबिन भईरहेको उनले बताए । ​

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्