दाङ भालुवाङका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु



ओमप्रकाश गुप्ता, भालुवाङ १३ कार्तिक । दाङ देउखुृरीको राप्ती गाउँपालिका १ भालुवाङका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहिवार बाँकेमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको दिउँसो ३ः५० बजेतिर नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि कात्तिक ९ गते आशंका लागेर उनको स्वाब संकलन गरिएको थियो । १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई अस्पतालको कोभिड–१९ युनिटमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । लामो समयदेखि मधुमेह, प्रेसर रोगवाट पीडित उनलाई संभव भएसम्म सबै विधिवाट उपचार गरिए पनि स्वास्थ्य सुधार नआएपछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । मृतकको अन्तेष्टि कहाँ र कसरी गर्ने भन्ने विषयमा पारिवारीक सल्लाह भइरहेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्