दमिनी भन्दै जातीय विभेद गरेको भनी बुहारीले हालिन् बिश्वकर्मा आफ्नै परिवारलाई छुवाछूतको मुद्दा



 

केही दिन अगाडि देखि सामाजिक संजालमा भाइरल घटना दलित – दलित भित्रको जातीय विभेद र छुवाछूत जहाँ आफ्नो परियार थरको बुहारीलाई आफ्नो ससुराको काजकिरियामा संगै परिवारसंग संगोलमा नराखे पछि घटना बाहिर छताछुल्ल भएको थियोे ।
उक्त घटनामा कोपिला बर्देवाले आफ्नो श्रीमान, जेठाजु लगाएत सबै ६ जनाको परिवारलाई आफुलाइ परिवारले दमिनी भनी स्वीकार नगरेको र सानोजात भनी ससुराको काजकिरियामा समेत घरमा काजकिरिया गर्न नदिएको भनी आफुमाथी जातीय विभेद भएको भनी जिल्ला प्रहरी कार्यलयमा जातीय भेदभाव तथा छुवाछूतको मुद्दा दर्ता गरेकी छिन ।


के थियोे त घटना ?

मोरङको उर्लाबारीमा दलित समुदायभित्रकै विश्वकर्मा थरका एक परिवारले सानो जातको भन्दै परियार थरकी बुहारीलाई सगोलमा काजकिरिया गर्नबाट रोक लगाएका छन् ।

दश वर्षअघि विश्वकर्मा थरका पुरुषसँग विवाह गरेकी उर्लाबारी नगरपालिका– २ सुनझोडा माइती भएकी ३० वर्षीया कोपिला बर्देवा (परियार) श्रीमानको परिवारले सगोलमा स्वीकार नगरेपछि अलग्गै घरमा बसेर ससुराको काजकिरिया बारिरहेकी छिन् ।

उर्लाबारी नगरपालिका– ४ आइतबारेका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेपाल दलित संघका केन्द्रीय सदस्य ७० वर्षीय भीमराज गहतराजको १३ कात्तिकमा मृत्यु भएको थियो । गहतराजको मृत्युपछि उनका चार भाइ छोरा, बुहारीहरू र श्रीमती सगोलमा काजकिरियामा बसिरहेका छन् । तर, कान्छो छोरा दिवस गहतराज (३६) की कान्छी श्रीमती कोपिला बर्देवा (३०) लाई चाहिँ उनीहरूले सानो जातको भन्दै अभद्र व्यवहार गर्दै घरभित्र छिर्न दिएनन् ।

सगोलमा ससुराको काजकिरिया गर्न मूलघर पुगेकी कान्छी बुहारी कोपिलालाई परिवारले अभद्र व्यवहार गरेपछि उनी बक्राहा खोला किनारको अलग्गै घरमा एक्लै बसेर ससुराको काजकिरिया बारिरहेकी छिन् ।

कोपिलाका अनुसार ससुरा भीमराजले बुहारी स्वीकार गर्दै बक्राहा खोला किनारको घर बस्नका लागि वर्षौँअघि नै दिएका थिए । तर, राजनीतिक सक्रियता र समाजसेवाका लागि उनी उर्लाबारी नपा २ सुनझोडास्थित माइतमै बस्दै आएकी थिइन् । श्रीमान् दिवसले आफनो बिहे भएको छैन भन्दै कोपिलासँग दोस्रो बिहे गरेका थिए ।

ससुराको असामयिक निधन भएपछि कोपिला श्रीमानसँगै सगोलमा काजकिरिया गर्न आइतबारेस्थित मूलघर पुगेकी थिइन् । तर, जेठाजु, सासू र जेठानीले अभद्र व्यवहार गर्दै ‘तँ को होस् हामी तँलाई चिन्दैनौँ’ भन्दै गालीगलौज र हातपात गर्दै सगोलको काजकिरियाबाट वञ्चित गराएको कोपिलाले बताइन् ।

स्नातक तहसम्म अध्ययन गरेकी कोपिला नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघ उर्लाबारी नगर कोषाध्यक्ष हुन् । उनलाई सगोलमा काजकिरिया गर्नबाट वञ्चित गर्ने जेठाजु दिनेश गहतराज दलित संघ उर्लाबारीका नगर अध्यक्ष हुन् ।

जातीय छुवाछुत कसुर सजाय ऐन, २०६८ अनुसार कसैले पनि जात, वर्ण, पेसाका आधारमा कसैलाई पनि विभेद गर्न पाइँदैन । सार्वजनिक र निजी क्षेत्रमा मात्र नभएर सामाजिक र सांस्कृतिक कार्यमा जातीय विभेद र छुवाछुत गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना अनि पीडितलाई बिगोअनुसारको क्षतिपूर्तिको व्यवस्था छ ।

अधिकारकर्मी हुकुमसिङ नेपालीले याे घटनाकाे बस्तुगत अबस्था हेर्दा काेपिला बर्देवा( गहतराज) माथि ९ बर्ष अगाडिबाट नै जातिय विभेद भएको प्रष्ट छ। प्रेम बिबाह भएको ९ बर्ष सम्म घरमा लान नदिनुमाईतमै बस्नु पर्ने अबस्था बनाउनु गहराज परिवारकाे आफू पनि दलित भएर दमाईकाे छाेरी( अछुत) भनेर गरिएको जातिय छुवाछूत गम्भीर अपराध हाे।निजहरूकाे ७ बर्षकाे छाेरी छिन।उनलाई आफ्नाे बुबाकाे घर समेत थाह छैन।९ बर्षदेखि दमाईकाे छाेरी भएकोले विभेद गरे त्यस्काे उत्कर्ष घटना भिमलाल गहतराजकाे मृत्य संस्कारमा निकृष्ट रूपमा देखियाे।जहाँ काेपिलालाई सयुक्त काज किरिया गर्न दिईएन।आजकाे समयमा समतामूलक समाज निमार्ण गर्न याे बिभेदकाे घटनाले उपहास गरेकाे छ।बिभेदकाे कसुर गर्ने सम्पुर्ण कसुरदारहरूलाई हदै सम्मकाे कार्बाही हुनुपर्छ। भन्ने बताए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्