श्रिमतीको खुकुरी प्रहार बाट श्रिमान घाइते



 

सैघाली खबर,
दाङ १७ पुस।
श्रीमतीले गरेको खुकुरी प्रहार बाट श्रीमान गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाईते हुनेमा दाङको लमही नगरपालीका ५ बस्ने सुनिल खड्का रहेका छन । उनलाई श्रीमती सिटिजा खड्काले घरायसी विवादमा गयराती खुकुरी प्रहार गरेकि हुन। माईती घर गढवा गाउपालीका १ धानखोलामा श्रीमान र श्रीमति विच विवाद भएको थियो ।

खुकुरी प्रहारबाट श्रीमानको टाउकोमा गहिरो चोट लागेको छ । उनको लमहि अस्पतालमा सामन्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको छ । श्रीमती सिटिजालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्