फेसबुक आइडी, प्रोफाइलमा सुन्दर फोटो, फेसबुकमा जोडिए नवलपरासीका युवा, च्याटमा गफ शुरु भयो



नेपालगञ्ज । सानु दहितको नाममा फेसबुक आइडी, प्रोफाइलमा सुन्दर फोटो । फेसबुकमा जोडिए नवलपरासीका युवा । च्याटमा गफ शुरु भयो ।

फोनमा पनि निरन्तर कुरा हुन थाल्यो । केटाले भिडियो कल गरौं भन्दा केटी मानिरहेकी थिइनन् । किनकी, उनी फेसबुकको प्रोफाइलमा राखेको फोटोजस्तो सुन्दर थिएनन् ।
फोनमा भेट्ने कुरा भयो । केटीले पोखरामा पनि आफ्नो घर रहेको बताइन् । नेपालगञ्जमा व्यापार व्यवसाय गरेको फूर्ति लगाइरहिन्। केटा अझ आकर्षित हुँदै गए।
भेट्ने कर गर्न थाले। केटी पनि राजी भइन् र भनिन्, ‘म आफ्नै गाडीमा पोखराको घरमा जाने तयारीमा छु। त्यही बेलामा बाटोमा भेटौला र पोखरासँगै जाम्ला ।’

फेसबुके प्रेमीसँग रोमान्स गर्ने सपना देखेका केटाले छिटो आउन कर गरिरहे। एक दिन केटी नेपालगञ्जबाट हिडेको बताइन् । उनले चन्द्रौटामा पुगेपछि पैसा, गहना, मोबाइल चोरी भएको र आफू अ’प’ह’र’णमा परेको बताइन्। प्रहरीलाई फोन गरिन्, ‘म शौचालयमा छु । चार जनाले मलाई अ’प’ह’र’ण गरेका छन् । अर्को ठाउँमा लैजाने कुरा गर्दैछन् । मलाई उद्दार गर्नु पर्यो।’

घटना भदौ २६ गतेको थियो । बाँके प्रहरी, प्रदेशका डीआइजी हुँदै कुरा हेडक्वाटरसम्म पुग्यो । जिल्ला र प्रदेशमात्रै होइन, पुरै हेडक्वाटर नै परिचालन भयो । फोनको लोकेसन हुँदा नेपालगञ्ज नै देखाइरहेको थियो ।
प्रहरीले भोलीपल्ट २७ गते नेपालगञ्जको फूल्टेक्रामा उनलाई भेटायो । बर्दियाबाट नेपालगञ्ज आएर बसेकी ३३ वर्षकी आशिक कुमारी चौधरीले यो सब नाटक गरेकी थिइन् ।
प्रीले केरकार गर्दा उनले केटाले भेट्न कर गरेपछि आफूले नाटक रचेको बताएकी छन् । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आइतबार अपरान्ह पत्रकार सम्मेलन गरेर घटना बाहिर ल्याएका हुन् । प्रहरीले झुठो मुद्दा र गलत सूचना प्रवाह गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्