उम्मेदवार टुंगो लगाउन कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं, जेठ २६ – दोस्रो चरणको स्थानीय तहको चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ ।
दिउँसो २ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तहको दोश्रो चरणको चुनावका लागि उम्मेदवार तय हुन बाँकी रहेका ठाउँमा उम्मेद्वार टुंगो लगाउने विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।
चुनाव हुन बाँकी २ महानगरपालिका तथा उपमहानगरपालिका र धेरै नगरपालिकामा कांग्रेसले अझै उम्मेद्वारको टुंगो लगाउन सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्