बर्दिया राष्ट्रिय निकुञ्ज:मा फेरि एक पुरुषको बाघको आक्रमणमा परी मृत्यु



बर्दिय, फागुन  बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बाघले मानिसलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ । आज सोमबार फेरि बाघको आक्रमणमा परी एक पुरुषको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नवरंग बाँझपुर सामुदायिक वनमा गाई, भैंसी चराउन गएका राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६२ वर्षीय लालबहादुर चौधरीको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापाले बताउनुभयो ।

उहाँलाई सोमबार दिउँसो २ बजेतिर बाघले आक्रमण गरेर लगेको थियो । निकुञ्जबाट हात्तीसहित सुरक्षाकर्मीको टोलीले खोज तलाश गर्दा साँझ ६ बजे झाडीमा मृत अवस्था चौधरी फेला पनुृभएको अधिकृत थापाले जानकारी दिनुभयो। उहाँसँगै गएका अन्य एक जनाले भने भागेर ज्यान बचाएका छन् ।

उक्त घटना सदरमुकामदेखि करिब ५० किमी पश्चिममा भएको हो । गत असार यता बाघको आक्रमणबाट गेरुवा गाउँपालिका र मधुवन नगरपालिकामा ७ जनाको मृत्यु भइसकेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्