बर्दियामा झोलुङगे पुलबाट हामफालेर आत्महत्याको प्रयास, मलामीले गरे उद्दार



बैशाख ४, काठमाडौं । बर्दियाको कुसुम्बाघाटमा रहेको झोलुङगे पुलबाट नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने एक जनाको उद्दार भएको छ । शुक्रबार जिल्लाको मधुवन नगरपालिका ७ का ३५ वर्षीय पुरुषले हामफालेर आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

मानसिक रोगी समेत रहेका उनको बायाँ खुट्टा भाँच्चिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनी नदीमा हामफालेको देखेपछि सोही स्थानमा रहेका मलामीहरूले उद्दार गरेका थिए । ती पुरुषलाई उपचारको लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ भने उनको अवस्था गम्भीर रहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्