गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित



गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रदेश सभामा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मङ्गलवार पारित गरिएको हो ।

 सरकारले कोभिड–१९ सँगै स्वास्थ्य लक्षित कार्यक्रम ल्याएको छ । यस्तै, कृषि, पर्यटन, पूर्वाधार एवं रोजगारउन्मुख नीति कार्यक्रम पेस गरेको छ । नीति कार्यक्रममाथिको छलफलमा सबै दलका सांसदले भाग लिएका थिए । नीति कार्यक्रममाथि मङ्गलवार बिहानदेखि छलफल भएको थियो । 

छलफलमा उठेका विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिँदै नीति तथा कार्यक्रम सरकारले कार्यान्वयनमा लैजाने बताए । उनले सरकार निर्माणका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।  प्रदेश सरकारले आज नै बजेट ल्याउँदै छ । मुख्यमन्त्री पोखरेलले सदनमा आफैँ बजेट प्रस्तुत गर्ने भएका छन् ।  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्