घोराही । दाङमा जङ्गली बँदेल मारेको आ’रोपमा पाँच जना प’क्राउ परेका छन् ।
बँदेलको मासु काटेर भाग लगाउँदै गरेको अवस्थामा डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले पाँच जनालाई २१ किलो भन्दा बढी मासुसहित प’क्राउ गरेको हो ।
घोराही उपमहानगरपालिका भकारे गाउँमा जङ्गली बँदेलको मासु काट्दै गरेको अवस्थामा २१ किलोभन्दा बढी मासुसहित पाँच जना पक्राउ परेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
प’क्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका ४ भकारे गाउँका बोधिप्रसाद खत्री, श्रीराम थापा, रुद्रबहादुर रोका, वीरबहादुर रोका र कौशिला गुरुङ रहेका सब डिभिजन वन कार्यालय सुनपुरका प्रमुख सहायक वन अधिकृत विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
घटनाबारे सूचना पाएपछि सहायक वन अधिकृत विष्णुप्रसाद लामिछाने र प्रहरी चौकी गोल्लीबाट गएको टोलीले उनीहरूलाई प’क्राउ गरेको थियो । मासु काटेर डेक्ची र बोरामा भाग लगाउँदै गरेको अवस्थामा वन र प्रहरीको टोलीले उनीहरूलाई प’क्राउ गरेको थियो । प’क्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।