निर्माणार्थ ‘अटो भिलेज’ ले थपेको खुसी र पीडा



दाङ । लमहीमा अटो भिलेज स्थापनाका लागि भइरहेको निर्माण कार्य स्थानीय सामुदायिक बन समूहले रोक्न आग्रह गरेको छ । लमही नगरपालिका वडा नम्बर ६ र ७ अन्तरगत पर्ने कर्री सामुदायिक बन उपभोक्ता समूहले सोमबार कार्यस्थलमै गएर निर्माण कार्य रोक्न आग्रह गरेको हो ।

बन समूह क्षेत्र भित्रको जग्गामा अटो भिलेज निर्माण भइरहेको भन्ने खबर पाए लगत्तै सब डिभिजन बन कार्यालय लमहीले निर्माण कार्य तत्काल रोक्न पत्राचार गरेपछि स्थानीय बन समूहलाई दबाब परेको हो । बन समूहलाई डिभिजन बन कार्यालय देउखुरीको बोधार्थ सहितको सहायक बन अधिकृत छोटे लाल चौधरीको हस्ताक्षरित पत्र प्राप्त भएको छ ।

सोमबार समूहका अध्यक्ष कृष्ण खत्रीको अध्यक्षतामा तत्काल बन समूहको बैठक बसी निर्माण कार्य रोक्नुपर्ने निर्णय गरेको छ । निर्माण भइरहेको अटो भिलेजका कारण व्यवसाय बढ्ने भएकाले झन् अतिक्रमण बढ्न सक्ने समूहको आशङ्का छ । यसो गर्दा अटो भिलेजका कारण व्यवस्थित बन्ने लमही बजार उस्तै रहने निश्चित छ ।

रोजगार, व्यवसाय व्यापार, व्यवस्थित लमही बजार सँग प्रत्यक्ष सरोकार राख्ने ‘अटो भिलेज’ लमहीमा आबस्यक्ता पनि हो । अटो भिलेज निर्माणका लागी देउखुरी उद्योग वाणिज्य सङ्घ लमहीले निर्माणको कामलाई अघि बढाएको छ । देउखुरीको प्रमुख बजार मानिने लमही बजार क्षेत्रलाई सफा, सुन्दर बनाउन र अतिक्रमित सडक पेटीलाई खाली गराउन वाणिज्य सङ्घ लमहीले अटो भिलेज निर्माणको काम सुरु गरेको हो । राजमार्ग क्षेत्रका सडक पेटी अतिक्रमण गरी विभिन्न पसल तथा व्यवसायका कारण लमही बजारको सौन्दर्य तामा कमी आएको छ । अटो भिलेजका कारण लमही बजारको मुहार फेरिने विश्वास गरिएको छ ।

अटो भिलेज निर्माण पश्चात् सडक अतिक्रमण गरी पसल सञ्चालन गरेका, विभिन्न किसिमका निर्माण तथा व्यवसायी सामाग्री बाटोमै थुपारेका, जथाभाबी पार्किङ गरेका, बाटोमै रहेका ठेला व्यवसाय लगायतका क्षेत्रहरू व्यवस्थित हुनेछन् । देउखुरी उद्योग वाणिज्य सङ्घ लमहीको नेतृत्वमा लमही नगरपालिका, लमही अटो एसोसिएसन, स्थानीय अटो भिलेज व्यवसायी, वडा प्रहरी कार्यालय लमही लगायतको टोलीले अटो भिलेज निर्माण गर्नको लागी जग्गा छनोट गर्दै निर्माण कार्य सुरु गरेको हो ।

अर्जुन खोला देखि करिब पाँच सय मिटर दक्षिण तर्फ लमही नगरपालिका वडा नम्बर ७ अन्तरगत पर्ने सामुदायिक वनमा रहेको छ विघात ऐलानी जग्गामा नयाँ अटो भिलेज निर्माण गर्न लागिएको छ । अटो भिलेज निर्माण कार्य स्वागत योग्य रहेको व्यवसायी हरू बताउँछन् । बजारलाई व्यवस्थित गर्न वाणिज्य सङ्घको नमुना कार्य प्रति आफूहरू खुसी भएको व्यवसायी बलदेव भण्डारीले बताए ।

निर्माण हुँदै गरेको अटो भिलेज स्थलमा ८६ वटा अटो पार्छस्, दुई वटा सार्वजनिक शौचालय, सिचाइको लागी डिप बोरिङ, मन्दिर, प्रतीक्षालय, छ वटा क्यान्टिन, बिजुली बत्तिएको व्यवस्थापन गरिने लमही अटो इन्जिनियरिङ एसोसिएसनको योजना छ । यसो गर्दा ‘अटो भिलेज’ विकास सँगसँगै रोजगार सँग प्रत्यक्ष जोडिने विश्वास गरिएको छ । साथै वा सीङ सेन्टर, सोलर बत्ती जडान र अपाङ्गमैत्री शौचालय निर्माण लगायतका योजना रहेको देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेशवर खनालले बताए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्