प्रधानमन्त्री देउवा संकटमा,निधि र गिरीको चुनाव सार्ने प्रस्ताव –



deubaaaaaaaaaaa

काठमाडौ जेठ ३१
कांग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा गंभीर संकटमा परेका छन् । सत्ता सम्हालेको प्रधानमन्त्री देउवालाई एक महिना नपुग्दै उहाँका बिश्वास पात्र एबं पुर्ब उपप्रधानमन्त्री बिमलेन्द्र निधि बिमलेन्द्र निधि, केन्द्रिय सदस्य प्रदिप गिरि, मन्त्री फरमुल्ला मन्सुर, रमेश रिजाल दोस्रो चरणको निर्वाचन सार्ने प्रस्ताव राखेपछि बैठकमा तनाव सृजना भएको बैठकमा सहभार्गी एक नेताले बिकासटाइम्सलाई जानकारी दिए ।

उमेदवार छान्न बसेको कार्य सम्पादनको बैठकमा एक्कासी यस्तो प्रतास्व आएपछि सभापति देउवाले अकमक्क पर्नुभएको थियो । प्रदेश नं २ र ५ को स्थानीय तहको निर्वाचन सार्न सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्रै पनि छलफल भएको छ । कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकमा प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले मधेसमा तनाव बढेको भन्दै निर्वाचनको मिति सारेर समाधान खोज्नुपर्ने बताएका हुन् । तर, अन्य केही सदस्यले भने घोषित मितिमै निर्वाचन गर्नुपर्ने अडान लिएका छन् ।

कार्यसम्पादन समिति बैठकमा विमलेन्द्र निधि र रमेश रिजालले राजपालाई निर्वाचनमा ल्याउने वातावरण निर्माण गर्न केही दिन निर्वाचन सार्नुपर्ने धारणा राखेका हुन् ।स्थानीय निर्वाचनका लागि उम्मेदवार चयन गर्न दुई सातादेखि हरेक दिन बसिरहेको बैठकमा अन्य दिन उम्मेदवारका विषयमा छलफल हुने गरे पनि मंगलबारको बैठकमा मधेसमा बढेको तनावको विषयमा नेताहरूले धारणा राखे ।बैठकमा केन्द्रिय सदस्य बिमलेन्द्र निधि, प्रदिप गिरि, फरमुल्ला मन्सुर, रमेश रिजाल लगायतले सभापति देउवासँग आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई पनि बिश्वाशमा लिएर निर्वाचनमा जान आग्रह गर्ने भएका हुन् ।

प्रदेश नम्वर २ र ५ को निर्वाचन केहि दिन स्थगित गरेरै भए पनि राजपालाई सहमतिमा ल्याउन सकिने वारे सभापति देउवाको ध्यानाकर्षण गराउन लागिएको नेता रमेश रिजालले जानकारी दिनुभयो ।राजपाले माने प्रदेश नं २ मात्रै, नमाने ५ नं प्रदेशको पनि निर्वाचन सारेर समाधान खोज्नुपर्ने उनीहरूको सुझाब छ । तर , निर्वाचन सार्ने धारणामा केन्द्रीय सदस्यद्वय बालकृष्ण खाण र डा प्रकाशशरण महतले भने असहमति जनाएका थिए । उनीहरूले पार्टीको प्रतिष्ठाका लागि भए पनि घोषित मितिमै निर्वाचन गर्नुपर्ने बताएका थिए । खाणले कुनै पक्षलाई ल्याउने बहानामा अब निर्वाचन सार्न नहुने बताए ।

‘आन्दोलनरत पक्षलाई ल्याउन भन्दै पहिला एक महिना, त्यसपछि नौ दिन, त्यसपछि ५ दिन निर्वाचन सारिसकियो । अब फेरि त्यही प्रयोजनका लागि चुनाव सार्न हुन्न,’ खाणको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । लगत्तै बोलेका अर्का नेता डा। महतले निर्वाचन हुन नदिने षड्यन्त्रअनुरूप केही दललले मिति सार्ने प्रस्ताव ल्याइरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताए । ‘अझै पनि केही दलले निर्वाचन सार्ने प्रस्ताव गरिरहेका छन्, त्यसतर्फ सचेत रहँदै तोकिएको मितिमा निर्वाचन गर्न सरकार र कांग्रेस दृढ हुनुपर्छ,’ डा। महतको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्