गुणस्तीर शिक्षा का लागि विद्यार्थी,शिक्षक र अभिवावक विचको त्रिपक्षीय समन्वय हुनुपर्ने



जीवन नेपाली
दाङ,५ कमीरेचौर
विद्यार्थी, शिक्षक र अभिवावक विचको त्रिपक्षीय समन्वय भएमात्र विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने एक कार्यक्रम का सहभागीहरुले जोड दिएका छन् ।  ji ne

विद्या आर्जन गर्ने वालवालीकाहरुलाई विद्यालय अनुकुल वातवरण नहुदा सम्म कुनै पनि वालबालीकाले शिक्षामा पहुँच पुराउन नसक्ने भन्दै यसको निम्ती सबैले उक्त वातावरणको सृजना गरी वालवालीकालाई शिक्षाको पहुँचमा ल्याउनु पर्ने उनिहरुको भनाई छ ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तरगत आज दाङको बंगलाचुल गाउँपालिका को महेन्द्र मावी श्रीवारीमा सम्पन्न भएको श्रोतकेन्द्र स्तरीय पढाई महोत्सव तथा सामग्री प्रदर्शनी कार्यक्रमका सहभागी बक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
महेन्द्र मावी श्रीवारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज परियारको अध्यक्षता एवम् प्रारम्भिक कक्षा पढाई कार्यक्रम का जिल्ला संयोजक हल्लु प्रसाद चौधरीको प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरी ले देशमा शिक्षाको विकास लागि प्रत्यक घरका वालवालीकाहरु विद्यालयको पहँुचमा आउनुको विकल्प नभएको बताउनु भयो । यसको लागि सबैभन्दा महत्पूर्ण भूमिका वालवालीका को अभिवाकको रहने उहाँको भनाई छ ।
सो अवसरमा बोल्दै विद्यालयका श्रोत व्यक्ती विष्णु प्रसाद शर्माले सरकारले स–साना वालवालीकाहरुमा पठन संस्कृतीको विकास का लागि नेपालको ४ सय २१ स्थानमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु गरेको जानकारी दिंदै दाङको १६ स्थानमा पनि यस कार्यक्रमले निरन्तरता पाईरहेको बताउनु भयो ।
सोही कार्यक्रम अन्तरगत आज महेन्द्र मावी श्रीवारी श्रोतकेन्द्र अन्तरगतका २८ विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले यस कार्यक्रममा भाग लिएको श्रोत केन्द्र मावी श्रीवारीका प्रधानाअध्यापक ईन्द्र बहादुर वुढाले जानकारी दिनु भयो । सो अवसरमा यस श्रोतकेन्द्रमा आवद्ध विद्यालयका विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामग्रीहरु प्रदशनी गरीएको थियो । साथै वालवालीकामा पठन संस्कृतीको विकासका लागि भन्दै श्रोतकेन्द्रमा आवद्ध विद्यालयका कक्षा २ र ३ का विद्यार्थीहरुलाई पुस्तक वाचन गर्न लगाईएको थियो । भने विभिन्न सांस्कृतीक कार्यक्रमहरु समेत प्रस्तुत गरीएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्