निर्वाचन सुरक्षाका लागि मध्यपश्चिमाञ्चलमा २ हेलिकप्टर परिचालन गरिने



असार ७  ,दाङ । नेपाल सरकारले निर्वाचन सुरक्षाका लागि मध्यपश्चिमाञ्चलमा २ हेलिकप्टर परिचालन गर्ने भएको छ ।

Nepal-army-helicopter 2दोस्रो चरण अन्तर्गत यही असार १४ गते हुन लागिरहेको स्थानिय तहको निर्वाचनका लागि २ हेलिकप्टर परिचालन गरिने भएको छ । प्रदेश न. ५ अन्तर्गत मध्यपश्चिमका ५ जिल्लाका भौलोगिक क्षेत्र विकटता र कारण चुनावी सुरक्षाका हिसावले संवेदनशिल क्षेत्र मानिएकाले चुनावी सुरक्षाका लागि हवाई गस्तीका लागि २ हेलिकप्टर परिचालन गरिने निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । आसन्न स्थानिय तहको निर्वाचनको चुनावी सुुरक्षा वारे जानकारी लिन वुधवार दाङ आईपुगेका निर्वाचन आयुक्त पौडेल र मध्यपश्चिम क्षेत्रिय प्रशाशक महेन्द्र गुरागाँईले प्रदेश न. ५ अन्र्तगत मध्यमश्चिमाञ्चल क्षेत्रका ६ जिल्लाका लागि २ वटा हेलिकप्टर परिचालन गरिने जानकारी दिए । चुनावी सुरक्षाका लागि दाङको भालुवाङल १ वटा र वाँके नेपालगंज १ वटा हेलिकप्टर तयारी अवस्थमा राखिने भएको छ । निर्वाचन आयुक्त पहिलो चरणमा सम्पन्न निर्वाचन क्षेत्रहरु कालिकोट , काँभ्रे र दोलखा लगाएतका जिल्लाहरुमा चुनावी झडप भई कतिपयको ज्यान समेत गएकाले चुनावी सुरक्षाका लागि २ वटा हेलिकप्टर परिचालन गरी हवाई गस्ती गरी चुनावी सुरक्षाका लागि शान्तीपुर्ण र हिसाँ रहित निर्वाचन वनाउने लक्ष्यका साथ हेलिकप्टर परिचालन गरी चुनावी सुरक्षाका मजवुत वनाईने जानकारी दिए । उक्त अवसरमा निर्वाचन आयुक्त पौडेलले दाङ सहित प्रदेश न. ५का पहाडी जिल्लाहरु भौगोलिक विटक क्षेत्रका रुपमा मानिने भएकाले हवाई स्थलगत अनुगमन गरी निर्वाच नभयरहित र सुरक्षामैत्री वनाउने हवाई सेवाम परिचालन गर्न लागिएको जानकारी दिए । त्यस्तै निर्वाचन सुरक्षाका दृष्ट्रिकोणले जोखिम क्षेत्रका रुपमा मानिने भएकाले मध्यपश्चिमका रोल्पा रुकुम र प्युठान लगाएत अन्य जिल्लाहरुमो भोगौलिक विकटताका कारण भने जनशक्ति र सुरक्षा व्यावस्था अपुग हुने भएकाले हवाई अनुगमन गर्नका लागि हवाई सेवा परिचालन गर्न लागिएको क्षेत्रिय प्रशाशक महेन्द्र गुरागाँईले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्