झण्डै एकबर्ष देखि माटो परिक्षण मेसिन अलपत्र



जनक नेपाली
दाङ, १२ बैशाख । जिल्ला कृषि विकास कार्यालय दाङमा रहेको माटो परिक्षण मेसिन नष्ट हुने अवस्थामा पुगेको छ । बजेट अभावका कारण ल्याव संचालनमा नआउदा करिब ३० लाख मूल्य बराबरको माटो परिक्षण मेसिन नष्ट हुने अवस्थामा पुगेको जिल्ला कृषि विकास कार्यालय दाङका माटो विशेषज्ञ दिगम्बर यादवले बताउनु भयो । सरकारले ल्याब संचालनका लागि जिल्ला कृषि विकास कार्यालयमा आउने सम्पूर्ण बजेट स्थानीय तहमा पठाएपछि ल्याव संचालन हुन नसकेको माटो बिज्ञ यादवले जानकारी दिनुभयो ।

 

करिब ६ महिनादेखि कार्यालयको सम्पूर्ण ल्याब बन्द अवस्थामा रहेको बताउँदै माटो विज्ञ दिगम्बर यादवले मेसिन चलाउन बजेट अभाव भएपछि केमिकलको प्रयोगले मात्र मेसिन चलाउनुपर्ने बाध्यता आफूसँग रहेको बताउनु भयो । ल्याव संचालनका लागि आएको करिब दश लाख रकम जिल्लाको दशवटै स्थानीय निकायमा गएपछि ल्यावबन्द गर्नुपर्ने अवस्थामा पुगेका यादवले बताउनुभयो । जिल्ला भर माटो परिक्षण मेसिन एउटा मात्र भएको भन्दै यादवले मेसिन बन्द हुँदा सर्वसाधारण नागरिक समस्यामा परेको बताउनु भयो । अधिकांस किसान माटो परिक्षणका लागि आउने गरेतापनि रितो हात फर्काउनु

बाहेक आफूसँग अर्काे कुनै विकल्प नभएको यादवको भनाई छ । सरकारले ऐनमै कृषि बीउ,बिजन माटो परिक्षण गर्नुपर्ने स्पष्ट व्यवस्था गरेपनि बजेट अभावका कारण यी सबै कुरा हुन सकेका छैनन, माटो विज्ञ यादवले भन्नुभयो । सरकारले जिल्ला कृषि विकास कार्यालयलाई समयमै स्थानीय तहमा हस्तान्तरण नगर्दा समस्या झन जटिल बन्दै गएको यादवको भनाई छ ।

 

दाङका प्रत्येक पालिकालाई सरकारले ९६ हजारका दरले बजेट विनियोजन गरेपनि उक्त बजेट पालिकाले के गर्ने भन्ने स्पष्ट नीति नहुँदा अन्योल सिर्जना भएको उहाँले बताउनु भयो । प्रत्येक पालिकामा तत्काल ल्याब संचालन आउँने अबस्था नभएको वताउँदै कृषि विकास कार्यालयमा भएको ल्याव संचालनमा लाउँनु पर्ने वताउँनुभयो । माटो परिक्षणमा कृषि विकास कार्यालय बाहेक अनेत्र हुने अबस्था नरहेको वताउँदै संचालनका लागि घोराही उपमहानगरपालिकाले ध्यान दिनुपर्ने वताउँनुभयो ।

६० प्रतिशत माटोमा अम्लियपन

जिल्ला कृषि विकास कार्यालय दाङले जिल्लाको ६० प्रतिशत माटोमा अम्लियपन भएको बताएको छ । उत्पादन बढाउन कृषकले रासायनिकको अत्यधिक प्रयोग गरेपछि माटोमा अम्लियपन बढेको माटो विज्ञ दिगम्वर यादवले जानकारी दिनुभयो । जिल्लाको देउखुरी क्षेत्रमा सबै भन्दा बढि माटो अम्लियपन देखिएको यादवको भनाई रहेको छ । टमाटर, खुर्सानी,भान्टा लगायत तरकारी खेती गर्ने माटोमा यो समस्या बढि देखिएको उहाँले बताउ्नु भयो । दाङको माटो पछिल्लो समय रुखो बन्दै गएको छ । माटोलाई बचाउन वा पूर्ववत अवस्थामा ल्याउनका लागि कम्पोष्ट मल प्रयोग गर्न सबै किसानलाई कृषि विकास कार्यालयले अनुरोध गदै आइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्