एमाले-माओवादी एकता : ओली-प्रचण्ड मिति तोक्न डराए



सैघाली खबर
बैशाख १६ काठमाडौं । एमाले र माओवादीको एकताका विषयमा दुई दलका अध्यक्षहरूका बीचमा पटक–पटक ‘वान टू वान’ वार्ता बसेपनि अहिलेसम्म निष्कर्ष निस्कन सकेको छैन। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाबीच एकताका विषय थुप्रै पटक गोप्य वार्ता भएपनि वार्ताले सार्थक रूप लिन सकेका छैनन्। पार्टी एकताका विषयमा लगभग सबै कुरा मिलेको भएपनि एउटा विषयमा अहिलेसम्म सहमति जुट्न सकेको छैन। पार्टी एकता हुँदै गर्दा माओवादी अध्यक्ष प्रचण्डले एकता महाधिवेशन पछिको अध्यक्ष आफूले पाउनुपर्ने माग गरिरहेका छन्। ‘प्रचण्डजीले बम्पर उपहारको रूपमा महाधिवेशन पछिको अध्यक्ष बन्न पाउनुपर्ने माग गरिरहनुभएको छ,’ ओली निकट स्रोत भन्छ, ‘दुई अध्यक्षका बीचमा यो विषयमा कहिले सहमति जुट्नेको टुंगो छैन।’ वैशाख ९ गते पार्टी एकता गर्ने भनेर मिति तोकिएको भए पनि त्यो हुन सकेन। माओवादीले अध्यक्षको माग नछोडेपछि एकताका विषयमा सहमति जुट्न नसकेको हो। गत असोजमा चुनावी गठबन्धनसँगै पार्टी एकताको निर्णय गरेर अघि बढेका एमाले–माओवादील फागुनदेखि एकताको प्रयास गरिरहेका छन्। सुरुमा चैत भित्रैमा एकता गर्ने सहमति बनेको थियो। एकता संयोज समितिले पार्टी एकताका लागि भन्दै दुई कार्यदल पनि बनायो। पार्टीको राजनीतिक प्रतिवेदन तयार पार्न राजनीतिक मस्यौदा समिति र संगठनको संरचना तयार गर्न सांगठनिक कार्यदल गठन भयो। त्यो कार्यदललाई दुवै दलका अध्यक्षहरूले चैत्रभित्र एकता सक्ने गरी फागुन अन्तिममा एकताको सबै काम सक्न निर्देशन दियो। तर, यी दुई कार्यदलले तोकिएको समयमा काम नसकेर थप १० दिन समय मागे। त्यो कार्यदलले पार्टीको नाम जुरायो– नेपाल कम्युनिस्ट पार्टी। एकताका लागि बैशाख ९ गते अर्थात् कम्युनिस्ट पार्टी स्थापना दिवसको दि उपयुक्त हुने सुझाव दियो। तर, दुई दलले तयारी नपुगेको भन्दै त्यो दिन पार्टी एकता घोषणा हुन नसकेको बताए। त्यसपछि मे १ अर्थात् विश्व श्रमिक दिवसका दिन एकता गर्ने गरी तयारी भएको चर्चामा आयो। तर, श्रमिक दिवसका दिन पनि पार्टी एकता नहुने निश्चित जस्तै बनेको छ। कार्ल माक्र्सको जन्मदिन अर्थात् मे ५ ९बैशाख २२० मा एकता घोषणा गर्ने तयारी भएको चर्चा छ। तर, त्यो दिन पनि हुने सम्भावन न्यून रहेको माओवादी केन्द्रका एकता केन्द्रीय कार्यालय सदस्यले जानकारी दिए। उनले भने, ‘यो बैशाखमा त कुनै सम्भावना छैन। अहिलेलाई अध्यक्षहरूले नै एकताको सम्भावना टारे।’ एकताका लागि केही विषय नमिलेपछि एकता संयोजन समितिको बैठकले नमिलेका विषय मिलाउन दुवै पार्टीका अध्यक्षहरूलाई जिम्मेवारी दिएको छ। उनीहरू बारम्बार छलफल गरेर एकताको तयारी गरिरहेका छन्। तर, अहिलेसम्म एकताको कुनै मिति तय नभएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताए। उनले भने, ‘अहिले नेतृत्व व्यवस्थापनमा गएर एकता प्रक्रिया रोकिएको छ,’ उनले भने, ‘अब सबै काम फाइनल गरेर मिति तोकिन्छ।’ एमाले–माओवादीको नेतृत्व तह पनि अहिले तत्काल एकताको मिति तय गर्ने मनस्थितिमा छैन। पछिल्लो समय तोकिएको मितिमा एकता नभएपछि एकतामा कार्यकर्ता र जनताले शंका गरेको भन्दै नेतृत्व तहले अहिले एकताको मिति तय नगर्ने एमाले अध्यक्ष ओली निकट स्रोतको दाबी छ। ‘एकताको मिति धेरै पटक बाहिर आइसकेको छ, यसरी कार्यकतामा शंका पैदा हुन्छ,’ ओली निकट स्रोतले भन्यो, ‘प्रचार गरियो भने समस्या आउँछ भनेर नेतृत्व मिति तोक्न डराएको छ।’ अहिले दुवै अध्यक्ष एक अर्काको फाइदाका लागि बार्गेनिङ गर्दै समय बिताइरहेका छन्। ओली निकट ‘एकताको कुरा अन्तिम चरणमा पुगेको छ, एकता नभएसम्म मितिको विषयमा अनुमाग गर्न सकिन्न,’ ओली निकट स्रोतले भन्यो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्